केबलकार राख्नैपर्ने अडानचाहिँ किन ?

फाल्गुन १२, २०८१

पाठक पत्र

Why should the cable car stand?

मैले बुझ्न सकेको छैन, ताप्लेजुङस्थित पाथीभरा माताको मन्दिर जानका लागि केबलकार नराख्ने र राख्नेबीच विवाद अहिलेसम्म किन हल भएको छैन ?

पाथीभरामा केबलकार नराखी नछाड्नुको कारण चाहिँ के होला ? यो विषयमा अनावश्यक विवाद गर्नुपर्ने छैन । कमिसनकै लागि किन मरिहत्ते गरेका होलान् ? त्यहाँका बासिन्दाले केबलकार राख्न पाइँदैन भनेर विरोध गरेपछि पटकपटक केबलकार राख्नैपर्छ भनेर विवाद गर्नुको अर्थ के ? शान्तसँग बसेका ताप्लेजुङवासीलाई आक्रोशित पार्ने काम राज्यले किन गरेको होला ? प्रहरी र त्यहाँका बासिन्दाबीच विवाद गराउने काम सरकारले बन्द गर्नुपर्छ । यसले समस्याको हल गर्दैन । विवादका कारण पटकपटक झडपको स्थिति सिर्जना भएको छ । शनिबार भएको झडपमा २४ जना घाइते भएका छन् भने १५ जना पक्राउ परेका छन् । यो त राम्रो भएन नि ।

जिल्ला प्रशासन कार्यलयले निषेधाज्ञा लागू गरेको छ । यसले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । सरकारले केबलकारको विवादलाई समाधान गर्नुपर्छ । भनिन्छ, देशमा प्रजातन्त्र आएको छ, तर राज्यले जनतामाथि दमन गर्न छाडेको छैन । ‘नो केबलकार’ भनेपछि सकियो । अनावश्यक विवाद किन गर्नुपर्‍यो ? पाथीभरा माताको मन्दिरमा जान केबलकार हाल्दा केही सहज होला । त्यसो भन्दैमा त्यहाँको रोजगारी खोस्न पनि मिलेन । सरकारले रोजगार दिन नसक्ने, काम गरेर खानेलाई काम गर्ने वातावरण पनि बिथोल्ने गर्न त भएन । हरेक मठमन्दिरमा जान केबलकार हालिएको छ । त्यो पनि राज्यले होइन, निजी क्षेत्रले हालिरहेको छ । निजी क्षेत्रले मनलागी पैसा लिन्छन्, त्यसको अनुगमन राज्यले गर्दैन । यस्ता मठमन्दिरमा केबलकार हाल्ने नै हो भने राज्यले आफ्नोतर्फबाट हालोस् न ।

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक

Link copied successfully