लैनचौरदेखि कालधारा चोकसम्म नयाँ पिच गरेको १५/२० दिन नै भइसक्यो । तर नियमानुसार जेब्रा क्रसिङ, सेतो लेन डिभाइडर लाइन र पहेलो सेफ्टी लाइन अझै बनाइएको छैन ।
यसको निम्ति जिम्मेवारी निकाय सडक विभाग हो कि ट्राफिक प्रहरी कार्यालय ? दुर्घटनाग्रस्त क्षेत्र लेखेको ठाउँमाधरि जेब्रा क्रस छैन । यो त एउटा उदाहरण र भेटिएको नमुना मात्र हो । यदि उक्त क्षेत्रमा केही गरी दुर्घटना भइहाले जिम्मेवारी कसले लिने ?
– निर्मल बज्राचार्य, वसुन्धरा, काठमाडौं
