सहिदको सम्झना

माघ १६, २०८१

पाठक पत्र

Remembrance of Martyrs

राणाहरूको शासनविरुद्ध लड्दा मृत्युदण्ड दिइएका चार जना सहिद नेपालका आदर्श व्यक्तित्व हुन् ।

ठ्याक्कै आजभन्दा ८६ वर्ष अगाडि अथवा १९९७ सालमा राणाहरूले धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई गोली हानी र फाँसी दिएर हत्या गरेको सम्झनास्वरूप हामी सहिद दिवस मनाउँछौं । राणा शासनको ज्यादतीविरुद्ध आन्दोलन गर्दा कसैलाई गोली हानेर र कसैलाई रूखमा झुन्ड्याएर मारिएकाले राणा शासनको पतनपछि बनेका प्रजातान्त्रिक व्यवस्थाका सरकारले उनीहरूलाई सहिद घोषणा गरे । आफ्नो ज्यानको पर्वाह नगरी देश र जनताको हितका लागि जीवन आहुति दिएका हुनाले उनीहरूको बलिदानको जति नै प्रशंसा गरे पनि कम हुन्छ । सहिदको स्मरण र सम्झना गर्दै उनीहरूको चाहनाअनुसार मुलुकलाई विकास र समृद्धितिर डोर्‍याउन सक्नु नै आजको आवश्यकता हो ।

तिलप्रसाद न्यौपाने, माछापोखरी चोक, काठमाडौं

पाठक

Link copied successfully