पाथीभरामा केबलकार नबनाऊ

माघ १४, २०८१

पाठक पत्र

Do not build a cable car on Pathibhara

हिजोआज ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर द्वन्द्व चर्केको छ । एक पक्ष विकासका लागि केबलकार बनाउनैपर्ने अडानमा छ भने विकासले संस्कृतिको विनाश गर्न नहुने अर्को पक्षको भनाइ छ ।

दुई पक्षबीचको द्वन्द्वले नोकझोक तथा भिडन्तको अवस्था सिर्जना भएको छ । २०८१ जेठमा मलाई पाथीभरा भ्रमण गर्ने अवसर मिल्यो । किरात तथा हिन्दुहरूको यो पवित्र धार्मिक तीर्थस्थल रहेछ । यसको भूगोल पनि विशिष्ट छ । हिँड्नका लागि बाटो तुलनात्मक रूपमा सजिलो र मनमोहक छ । केबलकार निर्माण गर्नुलाई कसैले विकाससँग पनि जोड्न सक्छन्, तर यहाँ केबलकार निर्माण गर्नु भनेको यस स्थानको मौलिकता र विशिष्टता मर्नु हो । राष्ट्रिय निकुञ्जलाई त जस्तो छ त्यस्तै रूपमा जोगाइन्छ भने यो त राष्ट्रिय निकुञ्जभन्दा पनि कैयौं गुणा महत्त्वपूर्ण धार्मिक आस्थाको केन्द्र हो । आर्थिक वा राजनीतिक रूपमा कसैलाई क्षणिक लाभ लिनु–दिनुभन्दा पनि यस्तो पवित्र स्थल हामीले कत्ति पनि नबिगारीकन भावी सन्ततिलाई हस्तान्तरण गर्नु बुद्धिमानी हुन्छ । सरकार र सरोकारवालाहरूले पुनर्विचार गरून् ।

सञ्जय अधिकारी, काठमाडौं

पाठक पत्र

Link copied successfully