पीडितले पैसा कहिले फिर्ता पाउँछन् ?

पुस ११, २०८१

पाठक पत्र

When will victims get their money back?

काठमाडौँ — सहकारी ठगी अभियोगमा विभिन्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ, यो राम्रो काम हो । आरोप लागेका कतिपय व्यक्तिलाई सोधअनुसन्धानपछि अभियोजन गरिएको छ ।

कतिपय राजनीति आडमा फरार भएका छन् । जनताले खाइनखाई दुःख गरेर जम्मा गरेको पैसा अपचलन गर्न कसैलाई छुट छैन । सहकारी ठगहरू जेल पनि जालान् तर पीडितले रकमचाहिँ कहिलेसम्म पाउने ? ती ठगहरूको चलअचल सम्पत्ति राज्यले लिएर त्यसबाटै पीडितलाई पैसा फिर्ता गर्नुपर्छ । सडकपेटीमा सानोतिनो व्यापार गरेकाहरूसमेत सहकारीबाट ठगिएका छन् ।

रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको पैसा अपचलन गरेको आरोप लाग्यो । अनुसन्धानपछि उनीमाथिको मुद्दा अदालत पेस गरिएको छ । सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा परेपछि उनको सांसद पद नै निलम्बित भयो ।

सहकारी अपचलनमा जोडिएका उनीमात्र होइन, अन्य पहुँचवाला व्यक्ति, नेताहरूमाथि पनि छानबिन र कानुनी कारबाही हुनुपर्‍यो । ढिला न्याय दिनु भनेको न्याय नदिनुबराबर हो । त्यसकारण समयमै पीडितले न्याय पाउनुपर्छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक पत्र

Link copied successfully