काठमाडौँ — हालै नेपाल पत्रकार महासंघको निर्वाचन सकियो । एकैपटक जिल्ला, प्रदेश र केन्द्रका लागि भएको निर्वाचनमा विशेषगरी दुई ठूला दल नेपाली कांग्रेसनिकटको नेपाल प्रेस युनियन र नेकपा एमालेनिकट प्रेस चौतारी नेपालबीच गठबन्धन बन्यो ।
यसरी जुन पार्टीले सत्ताका लागि गठबन्धन गरे, पत्रकारले पनि त्यही मुताबिक गठबन्धन बनाउने हो भने निष्पक्ष पत्रकारिता हुन्छ भनेर कसरी पत्याउने ? इमानदार र निष्पक्ष एकाधबाहेक धेरै पत्रकार दलको छायामा देखिन्छन् । त्यसैले अहिलेको निराशाजनक अवस्थामा निष्पक्ष र जनपक्षीय पत्रकारिताको खाँचो छ ।
– कुसुम न्यौपाने, अरुण खोला, नवलपरासी (पूर्व)
