अपांगता भएका व्यक्ति पहुँचविहीन

मंसिर १९, २०८१

पाठक पत्र

People with disabilities are not accessible

काठमाडौँ — डिसेम्बर ३ मा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएको छ । वर्षमा एक पटक कार्यक्रम मनाउँदैमा सरकारले आफ्नो जिम्मेवारी पूरा भयो भनेर सोच्नु सरासर गलत हो । फरक क्षमता भएका व्यक्तिलाई राज्यले दिन सक्ने न्यूनतम सेवा सुविधासमेत दिन सकेको छैन ।

राज्यले अहिले पनि अपांगता भएका व्यक्तिप्रति विभेद गरेको छ, कतिसम्म भने अस्पताल, कार्यालय र सडक अपांगमैत्री छैनन् । सडकमा पेटी नै गायब भइरहेको अवस्थामा अपांगता भएका व्यक्तिलाई हिँड्न कति गाह्रो होला ? सरकारको बजेट उनीहरूसम्म पुग्न सकेको छैन । 

नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्र जोरपाटी नारायणटारमा छ । त्यहाँभित्रको राजनीतिक विवाद अहिलेसम्म हल भएको छैन । वार्षिक करोडौं आम्दानी हुँदा पनि त्यहाँ बस्ने अपांगता भएका व्यक्तिले सुविधा पाउन सकेका छैनन् । त्यहाँको आर्थिक कारोबारमा पारदर्शिता छैन ।

यहाँ भ्रष्टाचार, बेथिति, अनियमितता र मनोमानी निर्णय भएकोबारे उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले प्रतिवेदन नै निकालेको छ । अपांगता भएका व्यक्तिहरूका लागि काम गर्ने संस्था नै यसरी बेथितिमा चुर्लुम्म डुब्नु विडम्बना हो । 

– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक पत्र

Link copied successfully