राष्ट्रिय स्वतन्त्र पार्टीको चौथो वार्षिक उत्सबसँगै परिवर्तनको यात्रा जारी छ । र, निलो क्रान्ति अब जिम्मेवारी बनेको छ ।
What you should know
एक दशकअघि रोपिएको वैकल्पिक राजनीतिको बीउँ छोटो समयमै अनेकौं चुनौती, संघर्ष, अवरोध र निराशाका क्षण पार गर्दै आज अपार जनविश्वासको विशाल वृक्ष बनि राष्ट्रको नेतृत्व गर्ने स्थानसम्मै पुगेको छ । यो एक राजनीतिक दलको सफलता मात्रै होइन– निराशा, विकृति र पुरानो राजनीतिक संस्कृतिबाट आजित लाखौं नेपालीको आशा, विश्वास अनि परिवर्तनको साझा सपना साकार हुादै गएको यात्राको प्रतिफल पनि हो ।
कुनै समय वैकल्पिक राजनीतिको कुरा गर्दा धेरैले असम्भव सपना ठान्थे । स्थापित शक्ति, स्रोत र संरचना अघि नयाा राजनीतिक संस्कारको कुरा गर्नु आफैंमा चुनौतीपूर्ण थियो । तर, केही दृढ संकल्पित युवाले राजनीतिलाई केवल सत्ता प्राप्तिको माध्यम होइन– समाज परिवर्तनको अभियानका रूपमा हेरे । उनीहरूले इमान्दारिता, पारदर्शिता, जवाफदेहिता र सुशासनलाई केन्द्रमा राखेर नयाँ राजनीतिक बहस सुरु गरे । र, आज त्यही अभियानको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी उभिएर चौथो बार्षिक उत्सवसँगै प्रथम ऐतिहासिक महाधिवेशन गर्दै छ ।
आज ती अभियानका धेरै सहयात्री नीतिनिर्माण गर्ने स्थानमा पुगेका छन् । सरकार–संसदमा सक्षम, सचेत र इमान्दार युवापुस्ताको उपस्थिति देख्दा गर्वले छाती चौडा हुन्छ । सँगै वैकल्पिक राजनीतिको अभियानमा संघर्ष गरेका थुप्रै साथीलाई देशको नेतृत्वदायी भूमिकामा देख्न पाउनु आफैंमा ऐतिहासिक उपलब्धि हो । त्यस यात्राको एउटा साक्षी र सहयात्री बन्न पाउनु मेरो लागि पनि गर्वकै विषय हो ।
यो उपलब्धिको श्रेय केवल आज नेतृत्वमा देखिने पात्रलाई जाादैन । वैकल्पिक राजनीतिको विचार नेपाली समाजमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने उज्वल थापादेखि प्रेम आचार्यसम्मलाई बिर्सनु हुन्न । उनीहरूले बोकेका विचार, उठाएका प्रश्न र देखाएका बाटोले आजको परिवर्तनको आधार निर्माण गरेको हो ।
घण्टी अंकित निलो झण्डा बोकेका हजारौं मानिसको उत्सवमय भीडमा बिराजभक्त श्रेष्ठ, समीक्षा बास्कोटा, रञ्जु दर्शना, प्रकाशचन्द्र परियारजस्ता अनुहार देख्दा खुसी लाग्छ । तर, त्यही भीडमा सुर्यराज आचार्य, किशोर थापालगायत वैकल्पिक राजनीतिको अभियानमा महत्वपूर्ण भूमिका खेलेका अन्य पात्र पनि देख्न पाए हुन्थ्यो भन्ने आकांक्षा भइरहन्छ । अझ वैकल्पिक राजनीतिका प्रणेता उज्वल थापा आज जीवित भई यो परिवर्तनको यात्रालाई नजिकैबाट नियाल्दै हुनुहुन्थ्यो भने त्यो दृश्य कति प्रेरणादायी हुन्थ्यो होला !
तर, वैकल्पिक राजनीतिको वास्तविक शक्ति केवल मञ्चमा देखिने केही अनुहारमा सीमित छैन । यो अभियानलाई यहाासम्म ल्याउन हजारौं गुमनाम अभियानकर्मीको पसिना, समय, त्याग र विश्वास जोडिएको छ । कुनै पद, प्रतिष्ठा वा लाभको अपेक्षा नगरीकन परिवर्तनको सपना बोकेर गाउा, टोल, चोक र गल्लीमा सक्रिय भएका असंख्य पात्र नै यो आन्दोलनका वास्तविक जग हुन् । म आफैंलाई पनि त्यही भीडको एउटा सामान्य पात्रका रूपमा देख्छु । आज ती सबैको अनुहारमा देखिने मुस्कानले परिवर्तन सम्भव रहेछ भन्ने विश्वासलाई अझ बलियो बनाउँछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको चार वर्ष पूरा भएको छ । यो छोटो अवधिमै पार्टीले नेपाली राजनीतिमा एउटा नयाा सम्भावनाको ढोका खोलेको छ । अब प्रथम ऐतिहासिक महाधिवेशनले आगामी पााच वर्षका लागि नयाा नेतृत्व चयन गर्ने चरणमा प्रवेश गरेको छ । यो केवल नेतृत्व चयनको प्रक्रिया होइन– पार्टीको भावी दिशा, संस्कार र राजनीतिक चरित्र निर्धारण गर्ने महत्वपूर्ण अवसर पनि हो ।
यो परिवर्तनको यात्रामा सुरुदेखि नै जोडिएका प्रतिनिधि पार्टीको मूल्य, मान्यता र उद्देश्यप्रति जानकार र सचेत छन् भन्ने विश्वास छ । उनीहरूले रास्वपाको आचरण, सिद्धान्त र मूल्यमान्यतालाई आत्मसात् गर्ने सक्षम, इमान्दार र दूरदर्शी नेतृत्व चयन गर्नेछन् भन्ने अपेक्षा पनि उत्तिकै छ ।
अबको पुस्ताले राजनितिलाई पुरानै परिपाटिको नेता बन्ने–बनाउने कारखानाका रुपमा हेर्न चाहेका छैनन् । यो जनताको राजनितिक चेतनामा आएको धेरै सकारात्मक परिवर्तन हो । र, मुलुक बनाउने–बन्ने आधार यस्तै–यस्तै हुन् ।
अब परिवर्तन भाषण, नारा वा एजेन्डाको विषय मात्रै रहेन । यो राष्ट्रप्रतिको ठूलो जिम्मेवारीमा रूपान्तरण भइसकेको छ । अब पद्धति बसाउनुपर्छ । पारदर्शी र जवाफदेही शासन स्थापित गर्नुपर्छ । इमान्दार नेतृत्वको संस्कृति विकास गर्नुपर्छ । राजनीतिलाई सेवा र उत्तरदायित्वको माध्यम बनाउने सुसंस्कृत परिपाटी निर्माण गर्नुपर्छ । राज्यका हरेक तहमा सुशासन, पारदर्शिता र नागरिकप्रतिको उत्तरदायित्व सुनिश्चित गर्नुपर्छ ।
यही लक्ष्य प्राप्तिको यात्रालाई म निलो क्रान्ति भन्छु । यो कुनै व्यक्तिको, समूहको वा एउटा दलको मात्रै अभियान होइन– सभ्य, सुसंस्कृत, इमान्दार र समृद्ध नेपालको साझा सपना हो । राष्ट्रिय स्वतन्त्र पार्टीको चौथो बार्षिक उत्सबसँगै परिवर्तनको यात्रा जारी छ, निलो क्रान्ति अब जिम्मेवारी बनेको छ ।
