जब मतदाता आफ्नो भूमिका बिर्सिन्छ, तब चुनावले गलत तत्त्व प्रभावी हुने प्वाल दिन्छ । मतदानको दिनलाई नागरिक चेतनाको परीक्षाको दिन त्यसै भनिएको होइन । चिन्तक रुसोको प्रसिद्ध कथनको आशय छ, ‘सार्वभौम सत्ता जनतामा निहित छ ।
मतदान अर्थात् मतदाताको दिन– लोकतान्त्रिक उत्तरदायित्वको निर्धारित क्षण । मतदाताको मतले नै सत्ताको दिशा निर्धारित हुन्छ । आमजनका मनमस्तिष्कका अनेकन प्रश्नको जवाफ खोजी गर्ने, थाती रहेका उकुसमुकुसको निकास खोज्ने, जनताका प्रतिनिधि बन्न चाहेर बहुरूपिया छविमा रहेकाको पहिचान गर्ने, बासी सपनाहरू सम्भव छ र त्यसको बाटो यो हो भनेर स्थापित गर्ने दिन हो ।
त्यसैले मतदानको दिन मूलतः मतदाताको दिवस हो । त्यसैले यो दिनमा मतदाता सर्वोपरि हुन् । तिनका निर्णयले सिंगो राजनीतिक वातावरण, जन–मनोविज्ञान र सत्ता व्याकरणलाई प्रभावित पार्छ । लोकतन्त्रमा नागरिकको सर्वोच्च शक्ति उसको ‘मत’ हो । मतदानको दिन सार्वभौमिक मताधिकार व्यवहारमा अनूदित हुन्छ, जुन नागरिकको अधिकार हो, उसको जिम्मेवारी पनि । मतदान नगर्नुलाई आफ्नो शक्तिको त्याग गर्नुको अर्थमा मात्रै बुझ्न सकिँदैन । मतदाताको अनुपस्थितले गलत मनसायका मानिस निर्वाचित हुन पुगे भने त्यसको दोषी पनि मतदाता नै हो । मतदाताका लागि यो दिन विगतमा शासन कस्तो रह्यो र अगाडि कस्तो हुने त्यसको लेखा–जोखा राख्ने परीक्षणको दिन पनि हो । मतदाताले कुनै प्रत्याशी वा अमुक दलका लागि मतदान गर्ने किमार्थ होइन, स्वयंका लागि हो ।
मुद्दाहरूमाथि कत्तिको बहस गरियो ? गलत सूचनाबाट कसरी जोगियो ? माइजन (मान्यजन वा जाति प्रमुख), गिरहत वा अन्य हस्तीको निर्देशन पालना गरियो कि ? घरपरिवारमै कसलाई, किन र कसरी मत दिने त्यसबारे खुलस्त छलफल गरियो कि ? टोल–छिमेकमा पनि खुला विचार विनिमय भयो कि ? यी प्रश्न किन प्रासंगिक छ भने एक मतदाता केवल दर्शक होइन, लोकतन्त्र ज्युँदो राख्ने सक्रिय सहभागी पनि हो ।
मुद्दाहरूमाथि कत्तिको बहस गरियो ? गलत सूचनाबाट कसरी जोगियो ? माइजन (मान्यजन वा जाति प्रमुख), गिरहत वा अन्य हस्तीको निर्देशन पालना गरियो कि ? घरपरिवारमै कसलाई, किन र कसरी मत दिने त्यसबारे खुलस्त छलफल गरियो कि ? टोल–छिमेकमा पनि खुला विचार विनिमय भयो कि ? यी प्रश्न किन प्रासंगिक छ भने एक मतदाता केवल दर्शक होइन, लोकतन्त्र ज्युँदो राख्ने सक्रिय सहभागी पनि हो ।यी प्रश्नको खोजीका लागि गरिएका यत्नले नै मतदाता विशेषको भूमिका परिभाषित हुन्छ । मतदान त्यो मौका हो, जहाँ व्यक्तिगत मत मिलेर सामूहिक भविष्य तय गर्छ । नागरिक सजग, सक्रिय र आफ्नो भूमिकामाथि समर्पित भए निर्वाचनमार्फत लोकतन्त्र मजबुत हुन्छ । ऊ लहलहैमा लाग्यो, उदासीन रह्यो, मतदानमा सहभागी भएन भने सत्ता त्यस्ताले लिन्छन्, जो जनतालाई दोयम ठान्छन् । तसर्थ मतदान गर्ने दिन मतदाताका लागि अधिकार, कर्तव्य र चेतना प्रकट हुने संगम हो । निर्वाचनको तिथि लोकतन्त्रमा केवल ‘कतिखेर मत खसाल्ने ?’ को प्रश्न होइन, लोकतान्त्रिक अनुशासन, राजनीतिक प्रतिस्पर्धा र जनविश्वासको आधार स्तम्भ हो । के हाम्रा सामूहिक प्रयत्न त्यो ध्येयप्रति लक्षित भए ?
जब मतदाता आफ्नो भूमिका बिर्सिन्छ, तब चुनावले गलत तत्त्व प्रभावी हुने प्वाल दिन्छ । मतदानको दिनलाई नागरिक चेतनाको परीक्षाको दिन त्यसै भनिएको होइन । चिन्तक रुसोको प्रसिद्ध कथनको आशय छ, ‘सार्वभौम सत्ता जनतामा निहित छ । यदि जनता स्वयंले सत्ताको प्रयोगबाट आफूलाई वञ्चित राख्यो भने सम्प्रभुता कागजमै सीमित हुन्छ, तब शासन जनताको नभई जनतालाई भ्रमित गरेर सत्तामा पुग्नेको उपकरण बन्छ ।
मतदान नगरी घरमै बस्नु वा परिवारसहित मुलुकबाहिर घुमफिर गर्ने समय ठान्नु आफ्नो नैतिक दूरी स्वयंसँग बनाउनु हो । मतदान प्रक्रियामा सक्रिय, साकांक्ष र सचेत सहभागिताले नै प्रत्येक मतदाताको राजनीतिक भूमिकाले अस्तित्व पाउँछ । मतदाताको नियत राम्रो भएर भएन, उसले आफ्नो भूमिका कति उच्च गुणवत्तासाथ आत्मसात् गर्न सक्छ ? त्यसले पनि लोकतन्त्रको स्तर निर्माण हुन्छ ।
मतदानको दिन एक अस्तित्वगत प्रश्न पनि हो । ‘म कस्तो समाजको निर्माण गर्न चाहन्छु ?’ यदि यो प्रश्नप्रति मतदाताले आँखा चिम्लिन्छ भने भविष्य विवेकले, नैतिक मूल्यले होइन त्यो प्रियतावादले सिर्जित परिस्थितिबाट निर्देशित हुन्छ । तब सिकायत त प्रशस्त हुन्छ, गुनासा– गनगन अनेक हुन्छ तर हस्तक्षेप गर्ने तागत हुँदैन । आलोचना त सुनिन्छ तर सहभागिता शून्य हुन्छ । मतदानको दिन आफ्नो भूमिका, निर्णायकत्व सामर्थ्य बिर्सिनु भनेको फगत एक व्यक्तिगत भूल होइन, सामूहिक नियतिलाई संयोगको काखीमा राखिदिनु हो । लोकतन्त्रमा केही दिन केवल क्यालेन्डरको कुनै सामान्य तिथि हुँदैन, नागरिक चेतनाको ऐना हुन्छ ।
शफिक जौनपुरीको एक उर्दू शेर छ, ‘कश्तीका जिम्मेदार फकत नाखुदा नहीं कश्ती में बैठने का सलीका भी चाहिए’ । यहाँ कश्ती (डुंगा) समाज, राष्ट्र वा सामूहिक व्यवस्थाको प्रतीक हो । नँखुदा (डुंगा चलाउने–कप्तान) नेतृत्व वा शासकको प्रतीक हो । यो शेरले चुनावी राजनीतिको आधारभूत सत्यलाई रेखांकित गर्छ । समाज वा मुलुकको हालतका लागि जिम्मेवार नेता मात्र हुँदैनन्, नागरिकको चरित्र, जागरुकता र आचरण पनि उत्तिकै महत्त्वपूर्ण हो । चुनावी लोकतन्त्रमा यो भाव अझ सटीक देखिन्छ, जहाँ शासन टुट्पोबाट होइन, त्यो भुइँतहले निर्माण गर्छ । हामी सामान्य नागरिक सार्वजनिक विमर्शमा केवल ‘नँखुदा’ को आलोचना गर्छौं, गाली गर्छौं, असहमति राख्छौं तर ‘कश्ती में बैठने के सलीकें’ माथि छलफल नै गर्दैनौं । निर्वाचनको दिनले आत्मालोचनातर्फ प्रेरित गर्छ– के हामी स्वयंले आफ्नो भूमिका निर्वाह गर्यौं ?
लोकतन्त्रमा मतदाता केवल संख्या होइन । मतदाताले आफूलाई मतयाचकले केवल जित–हारको निर्णायक गणितको अभिन्न हिस्सा ठानेका छन् कि भावी दिशा पहिल्याउने प्रकाश स्तम्भ ? यस दृष्टिबाट मतदानको दिन आत्मपरीक्षणको दिन हो । मतदाताले आफ्नो योग्यता मतपत्रमा अभिव्यक्त गर्छ । प्रत्येक मतदाताले मतदानका लागि घरबाट निस्किनुअघि आफैंसँग सोध्नुपर्छ– के मेरो निर्णय क्षणिक उत्तेजना, प्रतिक्रियात्मक वा सोसल मिडियाको प्रचारको अधीनमा त छैन ? के मेरो निर्णय दीर्घकालिक राष्ट्रिय हित, संस्थागत स्थिरता र लोकतान्त्रिक मूल्यलाई सामुन्ने राखेर गरिँदै छ ? आजको दिनको भूमिकाले आगामी कार्यदिशा निर्धारित हुन्छ ।
चुनावी प्रचारका अवधिमा व्यक्त भीडको मनोविज्ञानले प्रायः मतदाताको विवेकमाथि सूक्ष्म असर गरिरहेको छ । रोड–शोका भीड, भाइरल भिडियो, ट्रेडिङ ह्यासट्याग– यो सबै मिलेर कतै एक ‘अनिवार्यता’ को भ्रम त रचेको छैन ? मानौं हावाको दिशा तय भइसकेको छ र त्यही दिशामा बग्नु नै व्यावहारिक हो । मतदान कक्षमा प्रत्येक मतदाताले सम्झिराख्नुपर्ने हो– लोकतन्त्रको अस्मिता भीडको हुटिङ वा सेल्फी खिच्नका लागि गरिने तँछाडमछाडले जोगाउँदैन, त्यो त सुझबुझपूर्ण मतदानले पाउँछ । अन्यत्र पनि देखिएकै हो भीडको भावना क्षणभंगुर हुन्छ । मतपेटिकामा खसालिएको मतपत्र नै स्थायी हुन्छ । यसैले लोकोत्सवका दिन भीडसँग दूरी बनाउनुस्, मोबाइलका नियोजित प्रचारतन्त्रबाट टाढा रहनुस् । यो मतदाताले स्वयंसँग संवाद गर्ने दिन हो ।
एक मतदाता आफैंमा लोकतान्त्रिक संस्कृतिको संरक्षक पनि हो । लोकतन्त्र अमूर्त चीज हुँदै होइन, यो बाँच्ने जीवन प्रणाली हो, पलपलको स्वयंप्रतिको निगरानी र जवाफदेही हो । अरू मात्रले गर्दा लोकतन्त्र कायम रहँदैन जबसम्म प्रत्येक नागरिकले यसमा आफ्नो सहभागिता र सजगता देखाउँदैन ।
यदि मतदाताले जातीय घृणा, साम्प्रदायिक ध्रुवीकरण वा दुष्प्रचारलाई पुरस्कृत गर्छ, उत्तेजना, प्रतिक्रियात्मकता वा मूल्यहीनतालाई डिलिट गरेर केवल परिणाममाथि अर्जुन दृष्टि राख्छ भने भावी राजनीति भयानक उथलपुथल हुने अभ्यर्थना गर्नुसरह हो । यदि उसले पारदर्शिता, जवाफदेही र परिणामसँगै प्रक्रियाबारे खोजीनिती गर्छ भने छलाङ लगाउने राजनीतिक शक्ति पनि चयनात्मक हुँदैन, ऊ दायित्वको लक्ष्मणरेखामा सीमित रहन दबाब महसुस गर्छ । मतदानको दिन लोकतन्त्रको परिपक्वताको परीक्षा दिवस हो । तर, यस परीक्षामा प्रश्नपत्र मतदाताको हातमा आज हुनेछ ।
एक मतदाता आफैंमा लोकतान्त्रिक संस्कृतिको संरक्षक पनि हो । लोकतन्त्र अमूर्त चीज हुँदै होइन, यो बाँच्ने जीवन प्रणाली हो, पलपलको स्वयंप्रतिको निगरानी र जवाफदेही हो । अरू मात्रले गर्दा लोकतन्त्र कायम रहँदैन जबसम्म प्रत्येक नागरिकले यसमा आफ्नो सहभागिता र सजगता देखाउँदैन । सूचनाको अधिकताले आमजन भ्रमित छन् । डिजिटल प्लेटफर्मले सूचना सुदूरबस्तीसम्म सुलभ बनायो तर सत्य र झूटको रेखालाई धूमिल गरिदियो । यस्तो मनोवैज्ञानिक छलको अनुभव चुनावी राजनीतिमा सघन रूपमा पहिलो पटक हुँदै छ । त्यसैले यस पटक ‘मतादेश’ आउने हो कि ‘डिजिटलादेश’ ? त्यो उत्सुकता छ । आजको दिन आलोचनात्मक सोचको दिन पनि हो । के मतदाताका रूपमा हामीले आफ्नो निर्णयलाई तथ्यका आधारमा जाँच गर्यौं ? नयाँ–पुराना भन्दै घरदैलोमा आइपुगेका प्रत्याशी–पार्टीका पृष्ठभूमि, नीतिगत प्रतिबद्धता, भविष्यप्रतिको प्रस्टता र प्रक्रियाप्रतिको दृढताको जाँच गर्यौं ? कि मौन अवधिका भावनात्मक उद्गार, सुनियोजित सर्भे वा भाइरल भिडियोको लहरमा डुब्यौं ?
मतदानको दिन कर्तव्यको पावन स्मरणको पल हो । यो पलले नै सामान्य अवस्थामा पाँच सालको तस्बिर कोर्छ । लोकतन्त्रमा सुधारको पहिलो र प्राथमिक कार्य मतदाताको हातमा छ । जो मतदान प्रक्रियामा सहभागी हुँदैन र मतदानअघि आफ्नो भूमिका हेक्का राख्दैन, तिनले आफू स्वयंसँग मात्र होइन, भावी पिढीसँग पनि अन्तर्घात गरिरहेको मानिन्छ । प्रत्येक मतदाताका प्रत्येक मतको मूल्य बराबर हुन्छ ।
यस पटकको निर्वाचन सामान्य आवधिक निर्वाचन होइन, विशेष परिस्थितिमा आइपुगेको प्रसव पीडाको देन हो । मुलुक सन्तुलनको खोजीमा अगाडि बढ्नैपर्ने दबाबमा छ । पुराना–उत्तमलाई निरन्तरता दिँदै नव–नव टुसाउँदै गरेका असल नियतलाई पनि सहज स्वीकार गर्ने सेतु यो निर्वाचन बनोस् । विकल्पबीच तुलनात्मक चयन गरिराख्दा प्रत्येक मतदाताको मनमस्तिष्कमा यो भाव गुन्जिराख्नैपर्छ । हामीले हेर्नुपर्छ– कुन विकल्प सर्वोत्तम हो ?
कुनै पनि प्रत्याशी वा पार्टी पूर्ण हुँदैन । लोकतन्त्र अविरल सिक्ने र स्वीकार गर्ने प्रक्रिया हो । तर, जनहितलाई कसले सर्वोपरि मानेका छन् ? लोकतान्त्रिक मूल्यप्रति को संवेदनशील छ ? यो छिनोफानो गर्नु त्यति सरल छैन तर मतदाताको सबलता यहीं चियाउँछ ।
मतदानको यो लोकपर्व मतदाताको आत्मसम्मानको उत्सव हो । नेपाली समाजमा तमाम बेथिति छ, असमानता छ, आन्तरिक औपनिवेशिक मानसिकता प्रतिबिम्बित भइरहन्छ, तर जब कोही मतदान केन्द्रबाहिर मत खसालेर औंलामा मसी लगाएर निस्किन्छ, त्यो मसीको सूचकचिह्न नागरिक गरिमाको प्रतीकका अर्थमा चम्किरहेको हुनेछ । यसले याद गराउँछ– हामी शासन निर्माण प्रक्रियामा सहभागी छौं । मतदान गर्नु केवल औपचारिकता होइन, कसैलाई रिझाउने कर्मकाण्ड पनि होइन ।
यो एक ऐतिहासिक जिम्मेवारी र साझा भविष्य निर्माणको प्रक्रिया हो । भीडको कोलाहलभन्दा टाढा, डिजिटल मायावी प्रचारको चमकभन्दा टाढा मनको कुरा सुन्ने क्षण हो यो दिन । मतदानको दिनले हामीलाई सिकाउँछ– लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति मतदाताको शान्त, तर दृढ निर्णयमा निहित हुन्छ ।
