‘समस्याग्रस्त बाघहरू’ सार्वजनिक रूपमा कब्जामा लिइयो, सुनियोजित अति–जनसंख्याको ढकछोपका लागि केही निश्चित बाघ वा स्थानीय समुदायको व्यवहार जिम्मेवार छन् भन्ने कथा निर्माण गरियो ।
What you should know
बर्दिया मानव–वन्यजन्तु द्वन्द्वको सबैभन्दा खराब संकटमा छ । जनवरी २०२६ मा मात्रै ५ जनाले ज्यान गुमाए भने फेब्रुअरीको पहिलो हप्ता २ जनाको मृत्यु भइसक्यो, सन् २०२०–२०२५ बीच ४० भन्दा बढीको मृत्यु भयो— यस्तोमा एउटा डरलाग्दो ढाँचा देखापर्छ । के यो मानवीय विपत्ति नेपालमा ट्रफी सिकारको अवस्था तयार पार्न जानाजान सिर्जना गरिएको हो ?
यो रणनीतिक समयरेखा मनन गरौं–
चरण १ : बाघको संख्या बासस्थानको भारवहन क्षमताभन्दा बढी कृत्रिम रूपमा बढाइयो, अनिवार्य रूपमा बासस्थान संकुचन र मानव द्वन्द्वको पूर्ण जानकारीका बावजुद ।
चरण २ : प्रमाणित द्वन्द्व न्यूनीकरण प्रविधिहरू लागू गर्न अस्वीकार गरियो, मानवीय हताहती बढ्न र सामुदायिक निराशा चरमोत्कर्षमा पुग्न दिइयो ।
चरण ३ : ‘समस्याग्रस्त बाघहरू’ सार्वजनिक रूपमा कब्जामा लिइयो, सुनियोजित अति–जनसंख्याको ढकछोपका लागि केही निश्चित बाघ वा स्थानीय समुदायको व्यवहार जिम्मेवार छन् भन्ने कथा निर्माण गरियो ।
चरण ४ : सरकार र समुदायहरू संकट बिन्दुमा नपुगेसम्म प्रतीक्षा गरियो, समाधानको कुनै उपाय अपनाउनु त परको कुरा, जुन कारणले बाघको संख्या यसरी बढ्न पुग्यो ती कारणलाई निरन्तरता दिने काम भयो । र, अन्त्यमा कठोर ‘संख्या व्यवस्थापनका लागि बाघको सिकार’ सामाजिक र राजनीतिक रूपमा स्वीकार्य बनाउने महोल सिर्जना गरियो ।
चरण ५ : अबको पालो ट्रफी सिकारलाई समाधानका रूपमा प्रस्ताव गर्ने, बाघ मार्नैपर्ने आवश्यकता भएको हुँदा यत्तिकै मर्नुभन्दा ट्रफी सिकारका लागि विदेशीलाई लाइसेन्स बेच्दा अनेक फाइदा हुने अवधारणा अघि सार्ने र फेरि समाधान लिएर आउने ‘मसिहा’ का रूपमा आफूलाई स्थापित गर्ने ।
बर्दिया–बाँके क्षेत्रमा नेपालको १५० भन्दा बढी ‘अतिरिक्त’ बाघ, प्रतिट्रफी सिकारमा ५०,०००–१,००,००० अमेरिकी डलरको मूल्यमा, १५ मिलियन डलर कमाउन सकिन्छ । हालको संरक्षण पर्यटन राजस्वभन्दा धेरै बढी हुने र बाघको अति–संख्याको कुचक्रमा आधारित एउटा फाइदाजनक व्यापार हो ।
सबैभन्दा रोचक के छ भने, बर्दियामा अभूतपूर्व मानवीय मृत्यु भइरहेकै बेला संस्थाहरूले असीमित क्षमताको कथा प्रवर्द्धन गरिरहेका छन् । विश्व वन्यजन्तु कोष र साझेदारहरू भन्छन्– नेपालले ५०० भन्दा बढी बाघ धान्न सक्छ । ‘९६८ वर्ग किलोमिटर क्षेत्रफलको बर्दियामा धेरै बाघ अटाउन सक्छन्’ वयस्क भाले बाघका लागि नेपालमा ५–२० वर्ग किलोमिटरको क्षेत्रफल हुँदा पुग्छ,’ डायलग अर्थमा प्रकाशित वक्तव्यअनुसार । विनाशकारी मानव–वन्यजन्तु द्वन्द्वबीच यस्तो दाबी गर्नुले यो संकट दुर्भाग्यपूर्ण परिणाम होइन, बरु दीर्घकालीन रणनीतिको जानाजान सिर्जित परिस्थिति हो भन्ने संकेत गर्छ ।
चार बाघ संरक्षण कार्ययोजना—शून्य
मानव सुरक्षा :
२००८ देखि २०२७ सम्म संरक्षण साझेदारहरूले चार ‘टाइगर कन्जरभेसन एक्सन प्लान (टीसीएपी)’ लागू गरे, तर समुदायलाई सशक्तीकरण गर्ने, मानव सुरक्षा र अनिवार्य द्वन्द्व कम गर्ने उपाय चकित पार्दो रूपमा अनुपस्थित छन् । बरु रणनीतिहरू यसमा केन्द्रित थिए :
-१८० कृत्रिम पानीको स्रोतले प्राकृतिक अभाव समाप्त गर्दै,
-आक्रामक घाँसे मैदान व्यवस्थापन— जलाउने, मेकानिकल काट्ने, रासायनिक मल दिएर कृत्रिम रूपमा उत्पादनशील मोनोकल्चर सिर्जना गर्दै जुन केवल बाघ र सिकार प्रजातिलाई फाइदा पुग्छ,
-क्षेत्रीय संकुचन हुनेछ भन्ने थाहा पाएर पनि ठूलो बासस्थान हेरफेर ।
गम्भीर रूपमा लोपोन्मुख बेंगल फ्लोरिकनको संख्या घटेको छ । बाघका लागि अन्धाधुन्ध घाँसे मैदान जलाउनुले यो प्रजाति बर्दियाबाट समाप्त पारेको हुन सक्छ । यदि यो साँच्चै लोप रोक्नेबारे भएको भए, बेंगल लोरिकन (विश्वभर १,००० भन्दा कम) लाई बाघ (विश्वभर ४,५०० भन्दा बढी र बढ्दै गएको) भन्दा प्राथमिकता दिइन्थ्यो ।
स्थानीय समुदायले चुकाएको मूल्यः २००८–२०१९ बीच बर्दियामा बाघको आक्रमणबाट शून्य मृत्यु भयो । २०१९ देखि—जब बाघको संख्याले बासस्थान भरियो—मृत्यु सुरु भयो । २०२१ सम्म, नौ महिनामा १० जना मारिए । २०२२ सम्म, १२ महिनामा २१ जना मारिए । सबैभन्दा भर्खरको टीसीएपीलाई अन्तिम रूप दिइयो (२०२३–२०२७), २० भन्दा बढी बर्दिया बासिन्दाहरू मरिसकेपछि, तर यसमा मानव जीवन जोगाउन कुनै प्रावधान थिएन ।
गुमेका करिब ७० जीवनको मूल्य बराबरको प्रश्न हो– यो सब किन भयो ? यदि जवाफ ट्रफी सिकारको लागि पृष्ठभूमि सिर्जना गर्न भन्ने हो—यदि यो सम्पूर्ण सिर्जित संकट नेपालको लोपोन्मुख प्रजातिको व्यापारीकरणको प्रतिरोधलाई जित्नका लागि डिजाइन गरिएको थियो भने उत्तरदायित्व पनि लापरबाहीभन्दा बाहिर षड्यन्त्रसम्म फैलिनुपर्छ । संस्थाहरूलाई व्यापार विकास रणनीतिका रूपमा मानवीय विपत्ति सिर्जना गर्न अनुमति दिन सकिँदैन । यो सम्पूर्ण मामिलालाई तत्काल न्यायिक अनुसन्धान आवश्यक छ । यस मामिला मा सम्भावित स्वैच्छिक नरसंहारका पर्याप्त चिह्नहरू देखापरेका छन् र यसले सोहीअनुसारको गम्भीर न्यायिक, नैतिक, प्राविधिक र देवानी अनुसन्धानको माग गर्छ ।
संरक्षण संस्थाहरूले खुला रूपमा नेपालमा बाघ र चितुवाको ट्रफी सिकारबारे छलफल सुरु गर्दा आश्चर्य मान्नुपर्ने छैन । आधार सावधानीपूर्वक राखिएको छः बाघको जनसंख्या कृत्रिम रूपमा अस्थिर घनत्वमा फुलाइएको, नियोजित निष्क्रियतामार्फत मानवीय संकट निर्माण गरिएको, समुदायलाई निराश विच्छेद बिन्दुमा धकेलिएको छ, ‘समस्याग्रस्त जनावर’ को भाष्यले घातक व्यवस्थापनका लागि उदाहरण स्थापित गरिँदै छ ।
प्रस्ताव जब आउनेछ, मानव कल्याणको खोल ओढाइएको हुनेछ । वैज्ञानिक रूपमा व्यवस्थित संख्या घटाउने उपायमार्फत समुदायका चिन्ताहरू सम्बोधन गर्ने र संरक्षण र क्षतिपूर्तिका लागि राजस्व उत्पन्न गर्ने नाममा यसको प्रवेश गराइनेछ । यसले अफ्रिकाबाट उदाहरणहरू उद्धृत गर्नेछ, ‘सीआईटीईएस’ बाट दिगो प्रयोग ढाँचालाई सन्दर्भ साभार गर्नेछ । र, ट्रफी सिकारको राजस्वले संस्थाहरूले लागू गर्न अस्वीकार गरेका द्वन्द्व न्यूनीकरण कार्यक्रमहरूलाई कसरी कोष दिन सक्छ भनेर जोड दिनेछ । वन्यजन्तुको व्यापारीकरण जायज ठहर्याउन मानवीय संकटको जानाजान निर्माण एउटा गहिरो नैतिक र आपराधिक उल्लंघन हो । यो संरक्षण बहसभन्दा पनि धेरै पर छ ।
यसरी न त बर्दियाका मानिस न त वन्यजन्तु नै ट्रफी सिकारबाट लाभान्वित हुनेछन् । समुदायलाई न परामर्श गरियो न तिनीहरूको जीवन जोखिममा राख्ने हस्तक्षेपमा सहमति लिइयो । अब उनीहरूले जीवन र जीविका गुमाइसके, संरक्षण उपनिवेशवादद्वारा परिभाषित भविष्यको सामना गर्नु उनीहरूको नियति बनेको छ । शताब्दीयौंदेखि यहाँ बसेका सीमान्तकृत समुदायहरूको जीवनको मूल्यमा ट्रफी सिकारले अभिजात वर्गका लागि नाफा उत्पन्न गर्नेछ ।
जब एक क्षेत्रले आफ्नो नैतिकता यति पूर्ण रूपमा गुमाउँछ कि यसले मानव लासहरूमा निर्मित परिस्थितिलाई उपलब्धिका रूपमा मनाउन सक्छ, जब यसले संस्थागत एजेन्डाहरू पूरा गर्न मानवीय संकटहरू निर्माण गर्न सक्छ, जब यसले असहमतिलाई मौन गराउन र आपराधिक संलग्नतालाई पुरस्कृत गर्न सक्छ, यो आफैं कुनै पनि वैधताको दाबी गर्न लायकको रहन्न ।
सायद ‘संरक्षण’ धारणा र अभ्यासको आजको संसारमा कुनै साान्दर्भिकता छैन । सायद धर्ती माताको पवित्रता र अखण्डतालाई अक्षुण्ण राख्ने खोजमा हामी कसरी अगाडि बढ्ने भन्नेबारे नितान्त नयाँ अवधारणा र अभ्यासबारे विचार गर्ने समय आइसकेको छ, हामी सबैका लागि जसले पृथ्वीको स्वास्थ्यको ख्याल गर्छौं । आसन्न प्रश्न संरक्षणले आफूलाई सुधार गर्न सक्छ वा सक्दैन होइन । प्रश्न हो– आफ्नो हालको अपराधजन्य रूपमा, ‘संरक्षण’ जीवित रहन लायक छ वा छैन ?
