समृद्ध नयाँ एसिया निर्माणको लक्ष्य 

नयाँ परिवेशमा चीन र चिनियाँ छिमेकी देशहरूले कसरी युगको चुनौतीलाई साझा रूपमा सामना गर्ने हो ? यो अति महत्त्वपूर्ण व्यावहारिक प्रश्न बनेको छ, टाढाको नातेदारभन्दा नजिकको छिमेकी बढी भरपर्दो हुन्छ भनेर चिनियाँ जनताले धेरै पहिलेदेखि नै बुझेका छन्

वैशाख २६, २०८२

छन सोङ

The goal of building a prosperous new Asia

विश्वमा अहिले एसियाको अगाडि अभुतपूर्व अवसर र चुनौती एकसाथ देखापरेका छन् । एकातिर, विगत केही दशक एसिया समष्टिगत रूपमा शान्त र स्थिर रह्यो । यहाँ सहकार्य र विकासका सम्भावना द्रुतगतिमा देखा परे । एसिया विश्व अर्थतन्त्रलाई पुनर्जीवित बनाउने तथा आर्थिक वृद्धि गराउने महत्त्वपूर्ण इन्जिन बन्यो ।

अर्कोतिर, विश्व राजनीतिक तथा आर्थिक व्यवस्था अस्तव्यस्त परिवर्तनकालमा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले विश्वमाथि अझ खासगरी चीन र चीनका छिमकी देशहरूमाथि उच्च भन्सार कर लादेको छ ।

भन्सार करको डन्डा चीन र चीनका छिमेकी देशहरूको साझा जोखिम बनिसकेको छ । अहिले विश्वको भूराजनीतिक अवस्था तनावग्रस्त छ । एकलवाद, आत्मसुरक्षावाद र प्रभुत्ववाद चारैतिर व्याप्त छ । ऊर्जा , अन्न, आपूर्ति प्रणाली, जलवायु परिवर्तन आदि विभिन्न जोखिमले एसियामा असर दिनानुदिन बढ्दै गएको छ । 

नयाँ परिवेशमा चीन र चिनियाँ छिमेकी देशहरूले कसरी युगको चुनौतीलाई साझा रूपमा सामना गर्ने हो ? यो अति महत्त्वपूर्ण व्यावहारिक प्रश्न बनेको छ । 

टाढाको नातेदारभन्दा नाजिकको छिमेकी बढी भरपर्दो हुन्छ भनेर चिनियाँ जनताले धेरै पहिले नै बुझेका थिए । चीनको क्षेत्रफल विशाल छ । सीमारेखा लामो छ । देशको वरपर छिमेकमा राम्रो वातावरण सिर्जना गर्नॅ सीमा सुरक्षा र समृद्धिका निम्ति मात्र होइन, क्षेत्रीय स्थिरताका निम्ति पनि उत्ति नै महत्त्वपूर्ण छ ।

कुनै पनि देशको विकासका लागि छिमेकी देशहरूसँगको मैत्रीपूर्ण सम्बन्धको आवश्यकता पर्दछ । एसियाली देशहरूले पनि आफ्नो छिमेकीसँग असल व्यवहार गरी , तिनीहरूसँग सहकार्य गर्दै कनेक्टिभिटी बढाउँदै लैजान सके मात्र साझा विकासलाई बढावा दिन सक्छन् । 

सन् २०२५ अप्रिल ८ र ९ मा पेइचिङमा बसेको छिमेकी देश सम्बन्धित कार्य बैठकले चीनको छिमेकी देशसँगको कूटनीतिका निम्ति मार्गदर्शन गरेको छ । यो अति महत्त्वपूर्ण बैठकले छिमेकी देश चिनियाँ कूटनीतिको सदैव प्राथमिकतामा पर्दछ भन्ने स्पष्ट पारेको छ । चीन सँधै छिमेकी देशहरूसँगको साझा भाग्यको समष्टि निर्माणका निम्ति भरपुर प्रयास गर्दछ ।

विश्वलाई स्थिरता प्रदान गरी आशा जगाउन चाहन्छ । विकास मात्र सबैले देख्ने, सबैले मान्ने र कसैले नकार्न नसक्ने कुरा हो । चीनको विकासले छिमेकी देशहरूलाई पनि लाभ पुर्‍याएको छ । विशेष गरी बीआरआईको उच्च गुणस्तरीय निर्माणलाई प्रमुख मञ्च बनाई चीनले छिमेकी देश र क्षेत्रसँग अझ सधन ‘कनेक्टिभिटी’ निर्माण गरेर उद्योग, वाणिज्य र मानिसको आवतजावतका निम्ति सुविधा प्रदान गरेको छ ।

विश्वव्यापी रूपमा पनि चीन र चीनका छिमेकी देशहरू विश्व औद्योगिक पुँजी र उत्पादनको केन्द्र बनिसकेका छन् । यहाँ उच्च क्षमताको उत्पादन तथा आपूर्ति प्रणाली स्थापना भइसकेको छ । विकास प्रत्येक देशको साझा लक्ष्य बनेको छ । 

अहिले चीनको छिमेकी देशहरूसँगको सम्बन्ध आधुनिक काल प्रारम्भ भएदेखि नै सबैभन्दा राम्रो अवस्थामा छ । चीनको छिमेकी देशहरूसँगको सम्बन्ध र विश्वको परिवर्तनबीचको सम्बन्ध पनि महत्त्वपूर्ण चरणमा पुगेको छ । एक एसियाली देश तथा जिम्मेवार ठूलो देशको नाताले चीन आफ्नो विकासलाई छिमेकी देशहरूको विकाससँग घनिष्ठ रूपमा जोड्न चाहन्छ ।

छिमेकी देशहरूसँगको साझा भाग्यको समिष्ट निर्माणका निम्ति चिनियाँ प्रज्ञान र मोडेल प्रदान गर्न चाहन्छ । व्यापक रणनीतिक स्तरमा, चीनले मानव जातिको साझा भाग्यको समष्टिको झन्डालाई उँचो राख्नेछ । चीन शान्तिपूर्ण , व्यवस्थित, समृद्ध सुन्दर एवं मैत्रीपूर्ण यी पाँच विशेषतायुक्त घर आँगनको सिर्जनालाई साझा लक्ष्य मान्छ ।

छिमेकीसँग सौहार्द, शान्तिपूर्ण, आत्मीय सम्बन्ध स्थापना गरी छिमेकीलाई धनी बन्ने अवसर प्रदान गर्ने र साझा भाग्यको अवधारणालाई दिशानिर्देश मानी शान्ति, सहकार्य, खुल्लापन र समावेशीजस्ता एसियाली मूल्य मान्यताको आधारमा बीआरआईको उच्च गुणस्तरको संयुक्त निर्माणलाई मुख्य फोरम बनाउन चाहन्छ ।

त्यस्तै शान्ति सुरक्षाको प्रश्नमा एकसाथ रही असमानतामा समानता खोजी संवाद र परामर्शबाट सञ्चालित एसियाली सुरक्षा मोडेललाई रणनीतिक आधार बनाई छिमेकी देशहरूसँग हातमा हात मिलाई सुन्दर भविष्य निर्माण गर्न चाहन्छ ।

व्यावहारिकस्तरमा चीनले छिमेकी देशहरूसँग आपसी रणनीतिक विश्वलाई बलियो बनाई तिनीहरूलाई आफ्नै विकास पथमा स्थिर रूपमा अग्रसर हुन समर्थन गर्ने, विकासलाई एकाकार गर्ने, उच्चस्तरको कनेक्टिभिटीको निर्माण गर्ने, उत्पादन तथा आपूर्ति प्रणालीलाई शुद्ध बनाउने, संयुक्त रूपमा क्षेत्रीय स्थिरता कायम गर्ने, सुरक्षा तथा कानुन कार्यान्वयन क्षेत्रमा सहकार्य गरी विभिन्न प्रकारका जोखिम तथा चुनौतीको सामना गर्न चाहन्छ । यसबाहेक चीन छिमेकी देशहरूसँगको आदान प्रदान र आवागमन विस्तार गरी सर्वसाधारणको आवतजावतलाई सहज बनाउन पनि चाहन्छ । 

मानव जातिको साझा भविष्यको समग्र निर्माणको कार्य सबैभन्दा पहिले एसियाबाट आरम्भ गर्नॅपर्दछ । समय–समयमा हुने भेटघाट र आदानप्रदानले छिमेकी देशहरू एकसाथ सुखी र समृद्धि बन्न महत्त्वपूर्ण भूमिका खेल्छ । यस दृष्टिकोणबाट हेर्दा, चीन–नेपालको सम्बन्ध नमुना सम्बन्ध मान्न सकिन्छ । चीन र नेपाल पहाड र नदीले जोडिएका असल छिमेकी, मित्र र सहकर्मी हुन् । दुई देशले सदैव इमानदारसाथ आपसमा सम्मान र समर्थन गर्दै आएका छन् । हाम्रो द्विपक्षीय सम्बन्ध सधैं स्वस्थ एवं स्थिर रूपमा विकास भएको छ । 

शताब्दीको परिवर्तनको कारण सिर्जित अस्थिर अन्तर्राष्ट्रिय अवस्थामा चीन र नेपालले एसियालाई विकास गर्ने ऐतिहासिक जिम्मेवारी बहन गर्नॅपर्दछ । चीन र छिमेकी देशहरूको साझा भाग्यको समष्टि निर्माणमा जुट्नुपर्छ । हिमाल वरिपारिको त्रिआयामिक कनेक्टिभिटी सञ्जाल निर्माणको सफल अनुभवलाई अघि बढाउँदै लैजानुपर्छ ।

एक पक्षको जित अर्को पक्षको हार नभई दुवै पक्षको जित, समूहबाट बाहिरिने, प्रणाली तोड्ने प्रवृत्ति नभई खुल्लापन र सहकार्यको सही अवधारणाको प्रचार प्रसार गर्नॅपर्छ । एसियाको उच्च गुणस्तरको विकासलाई उच्चस्तरीय सहकार्यद्वारा अघि बढाउनुपर्छ र छिमेकी देशहरूसँगको ‘एकै गाउँले’ को जस्तो सम्बन्धलाई सुदृढ बनाउँदै त्यसमा नयाँ अध्याय थप्दै जानुपर्छ । 

–छन सोङ नेपालका लागि चीनका राजदूत हुन् ।

छन छन सोङ नेपालका लागि चीनका राजदूत हुन् ।

Link copied successfully