एकैदिन ४२ विपद्का घटना, ३ जनाको मृत्यु

यस अवधिमा सर्पदंशका १२, पहिरोका १२, आगलागीका ७, भारी वर्षाका ६ घटना भएका छन् ।

श्रावण १२, २०८३

रासस

42 disaster incidents in a single day, 3 people dead

काठमाडौँ — देशभर पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु र विपद्जन्य ४२ घटना भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

यस अवधिमा सर्पदंशका १२, पहिरोका १२, आगलागीका सात, भारी वर्षाका छ, जनावर आक्रमणका तीन, बाढीको एक र भूकम्पको एक घटना भएका छन् । ती घटनाबाट ३४ जिल्ला प्रभावित भएका छन् । 

प्राधिकरणका अनुसार सर्पदंशबाट १२, पहिरोबाट चार, आगलागीबाट दुई, भारी वर्षाबाट एक र जनावरको आक्रमणबाट दुई गरी २१ जना घाइते भएका छन् । विपद्का घटनाबाट अनुमानित रु एक करोड २२ लाख ४५ हजार मूल्य बराबरको क्षति भएको छ ।

यसैगरी देशभर नौ सडक खण्ड अझै अवरुद्ध छन् भने २२ वटा चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ । 

रासस

Link copied successfully