त्रिविको प्रश्नपत्र 'लिक' गरेको आरोपमा दुईजना पक्राउ

साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केहीबेरमै प्रश्नपत्र बाहिरिएको थियो ।

श्रावण १०, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिविको प्रश्नपत्र 'लिक' गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केहीबेरमै प्रश्नपत्र बाहिरिएको थियो । त्यसमा संलग्न रहेको आरोपमा सुलभ भनिने एक व्यक्तिसहित दुई जना पक्राउ परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully