सुरु भयो लघुवित्त र वित्तीय शोषणविरुद्धको 'राजधानी मार्च'

‘वित्तीय शोषण बन्द गर’, ‘लघुवित्त र मिटरब्याजी खारेज गर’, ‘पीडितलाई न्याय दे’ जस्ता नाराबाजी गर्दै पीडितहरू प्रदर्शनमा सहभागी छन् ।

श्रावण १०, २०८३

कान्तिपुर संवाददाता

काठमाडौँ — लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत किसान-मजदुरहरूले काठमाडौँमा 'राजधानी मार्च' सुरु गरेका छन् । देशका विभिन्न जिल्लाबाट अन्याय परेको भन्दै काठमाडौँ आइपुगेका पीडितहरू बल्खुमा भेला भएका थिए । उनीहरु यतिबेला टेकु आइपुगेका छन् ।

त्रिपुरेश्वर-सुन्धारा-शान्तिवाटिका -भद्रकालीमा पुगेर कोणसभामा रुपान्तरण हुने कार्यक्रम छ ।

‘वित्तीय शोषण बन्द गर’, ‘लघुवित्त र मिटरब्याजी खारेज गर’, ‘पीडितलाई न्याय दे’ जस्ता नाराबाजी गर्दै पीडितहरू प्रदर्शनमा सहभागी छन् ।

कान्तिपुर

Link copied successfully