शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको आदेश

बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले बिहीबार थुनामा पठाउन आदेश दिएको हो ।

श्रावण ७, २०८३

दुर्गा दुलाल

High Court Patan orders Shankarlal Agrawal to be remanded in custody for trial

काठमाडौँ — उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले बिहीबार थुनामा पठाउन आदेश दिएको हो । उनलाई थुनुवा पुर्जी दिई ललितपुरस्थित नख्खु कारागार पठाउनसमेत आदेश दिइएको छ ।  

अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार, दीपक भट्टसमेत प्रतिवादी भएको मुद्दामा जोडिएकाले उनलाई नियन्त्रणमा लिइएको हो ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully