वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अदालतको अनुमति 

प्रहरीको साइबर ब्युरोले उनलाई लाजिम्पाटबाट बिहीबार पक्राउ गरेर अदालत उपस्थित गराएको थियो ।

श्रावण ७, २०८३

गौरव पोखरेल

Court grants permission to keep Vedika KC in custody for one day

काठमाडौँ — अभियन्ता वेदिका केसीलाई एक दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । 

प्रहरीको साइबर ब्युरोले उनलाई लाजिम्पाटबाट बिहीबार पक्राउ गरेर अदालत उपस्थित गराएको थियो । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश उमानाथ गौतमको इजलासले उनलाई बिहीबार एक दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले बताए । 

उनले कथावाचिका राधिका दासीको चरित्र हत्या गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएर साइबर अपराध गरेको भन्दै प्रहरी कहाँ उजुरी परेको थियो ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully