प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतका प्रधानन्यायाधीश कान्तसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Chief Justice Sharma departs for India

काठमाडौँ — प्रधानन्यायाधीश मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् । उनका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा बिहीबार त्यसतर्फ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतका प्रधानन्यायाधीश कान्तसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ । उनी भ्रमणपश्चात् यही साउन ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ । 

भ्रमण दलमा प्रधानन्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा र सह–रजिष्ट्रार अमित उप्रेती सहभागी छन् । 

कान्तिपुर

Link copied successfully