जलेका व्यक्तिको पहिचान नखुलेको र घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौँ — कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटको एक चोकमा जलेको बा५च ३०३८ नम्बरको निजी गाडीभित्र मृत भेटिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन। प्रहरी परिसर काठमाडौंका अनुसार उक्त गाडी सार्वजनिक स्थानमा रोकेर राखिएको अवस्थामा एक्कासि आगो लागेको देखिएको र केहीबेरपछि मात्रै त्यसभित्र मानिस रहेको थाहा भएको हो।
परिसरका एसपी पवन भट्टराईले गाडीभित्र जलेका व्यक्तिको पहिचान नखुलेको र घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए। उनले भने, 'अहिले घटनास्थललाई घेरा हालेर थप अनुसन्धान भइरहेको छ।'
