राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार अपराह्न ४: ३० बजे रुकुम पूर्वको कोलआसपास केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौँ — रुकुम पूर्वमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार रुकुम पूर्वको कोल क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार आइतबार अपराह्न ४: ३० बजे कोलआसपास केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको कान्तिपुर संवाददाताहरूले जनाएका छन् ।
