जिल्ला अदालतले माग्यो दीपक भट्ट र शुलभ अग्रवालसँग धरौटी, कसलाई कति ?

बिहीबार न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले थुनछेक बहसपछि बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा भट्टसँग डेढ करोड धरौटी माग गरेको हो ।

श्रावण १, २०८३

कान्तिपुर संवाददाता

The district court has sought bail from Deepak Bhatt and Shulav Agarwal, how much for whom?

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश गरेको छ। 

बिहीबार न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले थुनछेक बहसपछि बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा भट्टसँग डेढ करोड धरौटी माग गरेको हो । 

त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी जिल्ला अदालतले माग गरेको छ । जिल्ला अदालत, काठमाडौँले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो । 

हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर बिक्री गरेको अर्का मुद्दामा सुलभसँग अदालतले दुई करोड ३० लाख धरौटी माग गरेको छ ।

The district court has sought bail from Deepak Bhatt and Shulav Agarwal, how much for whom?

कान्तिपुर

Link copied successfully