एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न विशेष अदालतको आदेश 

पौडेलको संलग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरुबाट खुल्न नसकेको, आरोपदाबीको कसुरमा इन्कार बयान गरेको भन्दै विशेषले पछि ठहरेबमोजिम हुने भन्दै पुर्पक्षको बहसपछि साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो ।

श्रावण १, २०८३

दुर्गा दुलाल

Special court orders release of UML Vice-President Bishnu Poudel on regular date

काठमाडौँ — विशेष अदालतले पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो । अदालतको आदेशपछि उनी कुनै शर्तबिना नै रिहा हुने भएका छन् ।

पौडेलको स‌ंलग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरुबाट खुल्न नसकेको, आरोपदाबीको कसुरमा इन्कार बयान गरेको भन्दै विशेषले पछि ठहरेबमोजिम हुने भन्दै पुर्पक्षको बहसपछि साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully