दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन् : अध्यक्ष ओली

पार्टी कार्यालय आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले दरबार हत्याकाण्डलाई दीपेन्द्रको प्रेमसँग जोडेर रेडिमेड कथा विश्वव्यापी रुपमा फैल्याइएको बताए ।

श्रावण १, २०८३

न्युज एजेन्सी नेपाल

Dipendra did not commit the palace massacre: Chairman Oli

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ मा राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको दाबी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनी विश्वव्यापी रुपमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको उनको भनाइ थियो । दरबार हत्याकाण्डलाई दीपेन्द्रको प्रेमसँग जोडेर रेडिमेड कथा विश्वव्यापी रुपमा फैल्याइएको उनले बताए ।

‘दरबार हत्याकाण्ड हुनेबित्तिकै विश्वव्यापी रुपमा एउटा फैलियो, फलानो फलानोको लभ थियो, त्यो लभमा यस्तो भएको थियो, एउटा यस्तो रेडिमेड स्टोरी र दीपेन्द्र युवराज दीपेन्द्रले बाबु, आमा, भाइ, बहिनी, काका, काकीसहित वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने एउटा रेडिमेड कथा विश्वव्यापी रुपमा पुर्‍याइयो,' उनले भने, '२०औं वर्ष त्यसले एकछत्र त्यो गलत सूचनाले राज गर्‍यो । सही सूचना के हो अझै थाहा छैन । बिनाअध्ययन त्यो कथाको रचनाकार को हो ? त्यो पनि थाहा छैन । त्यो कथाको मूल वाचक को हो ? त्यो पनि थाहा छैन । तर एउटा कथा रचना भयो र वाचन गरियो ।'

विश्वका प्रमुख सञ्चारमाध्यमहरुले घटनाको सन्दर्भमा थप बुझ्नुपर्ने र चासो राख्नुपर्ने काम नगरेको उनले दाबी गरे । 'बरु त्यही अफवाह बोकेर हिँड्न किन आवश्यक ठाने त्यो पनि अनौठो कुरा छ । वास्तवमा त्यो सूचना सही होइन,’ उनले भने ।

न्युज

Link copied successfully