अनलाइनबाटै सवारी चालक अनुमतिपत्र लिन र नवीकरण गर्न सकिने

अब अनलाइनबाटै सवारी चालक अनुमतिपत्र (ईलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) लिन तथा नवीकरण सेवा उपलब्ध हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

असार ३२, २०८३

कान्तिपुर संवाददाता

You can obtain and renew your driver's license online.

काठमाडौँ — विभागले बिहीबार सूचना जारी गर्दै साउन १ देखि उक्त व्यवस्था लागू हुने जनाएको छ । विभागका अनुसार सेवाग्राहीले अनलाइनबाटै राजस्व भुक्तानी गर्न सक्नेछन् । ‘सेवा लिनका लागि राष्ट्रिय परिचयपत्र र नागरिक एपमा रहेको क्यूआर स्क्यानरबाट स्क्यान गरी अटोफिलबाट फारम भर्न सकिने व्यवस्था गरिएको छ,’ सूचनामा भनिएको छ । 

विभागले सातै प्रदेशका लागि अनलाइन फाराम भर्न वेब ठेगाना सार्वजनिक गरेको छ । सेवासम्बन्धी समस्या, गुनासा वा सुझावका लागि विभागको इमेल तथा प्रदेशगत सम्पर्क इमेल र मोबाइल नम्बर पनि उपलब्ध गराइएको सूचनामा उल्लेख छ ।

You can obtain and renew your driver's license online.

कान्तिपुर

Link copied successfully