सम्पत्ति जाँचबुझको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश गर्दै पूर्ण इजलासमा पठाएको छ ।
काठमाडौँ — सम्पत्ति छानबिन आयोगविरुद्धको मुद्दामा नेपाल बार र सर्वोच्च बार एसोसिएसनले एमिकस क्युरीको नाम पठाएको छ ।
नेपाल बारले वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की र टीकाराम भट्टराईको नाम पठाएको छ ।
त्यस्तै, सर्वोच्च बारले वरिष्ठ अधिवक्ता दिनमणि पोखरेल र अधिवक्ता रमण कर्णको नाम पठाएको छ । कार्की र पोखरेल पूर्व महान्यायाधिवक्ता पनि हुन् ।सम्पत्ति जाँचबुझ आयोगविरुद्धको रिटका लागि उनीहरुको नाम बारले मनोनित गर्दै पठाएको हो ।
सम्पत्ति जाँचबुझको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश गर्दै पूर्ण इजलासमा पठाएको छ ।
