पूर्वअमिरको निधनमा शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै

उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी हुनेछन् । उपराष्ट्रपति यही असार ३२ गते स्वदेश फर्कने तालिका छ ।

असार ३०, २०८३

कान्तिपुर संवाददाता

Vice President Yadav leaves for Qatar to express condolences on the death of former Emir

काठमाडौँ — उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज दिउँसो ३:३० बजे कतार प्रस्थान गर्दैछन् ।

उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न कतारको तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन् ।

भ्रमणका क्रममा उनले मङ्गलबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी हुनेछन् । उपराष्ट्रपति यही असार ३२ गते स्वदेश फर्कने तालिका छ ।

कतार जानुअघि राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवले भेटवार्ता गरेका छन् ।आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully