विष्णु पौडेललाई पाँचौँ पटक म्याद थप

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई अनुसन्धान प्रयोजनार्थ ८ असारमा सुर्खेतबाट पक्राउ गरेको थियो । यसअघि उनलाई अदालतले चार पटक म्याद थप गरिसकेको छ ।

असार २९, २०८३

दुर्गा दुलाल

Bishnu Poudel's term extended for the fifth time

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) आरोपमा पक्राउ परेका पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप ३ दिन हिरासतमै राख्न विशेष अदालतले अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार पौडेललाई ३ दिन हिरासत मै राख्न अनुमती दिएको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई अनुसन्धान प्रयोजनार्थ ८ असारमा सुर्खेतबाट पक्राउ गरेको हो ।यसअघि उनलाई अदालतले चार पटक म्याद थप गरिसकेको छ ।Bishnu Poudel's term extended for the fifth time

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully