कस्तो रहनेछ आजको मौसम ?

कोशी, बागमती र गण्डकीको थोेरै स्थान, मधेशसहित कोशी, बागमती गण्डकीको तराई भू-भाग, लुम्बिनी र सुदूरपश्चिमको पहाडी र तराईका एकदुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

What will today’s weather be like?

काठमाडौँ — आज देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसव विज्ञान विभागले जनाएको छ । लुम्बिनी प्रदेशको तराई भू-भागसहित देशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षा  हुन सक्नेछ ।

देशभर अधिकांश बादल लाग्नेछ । हिमाली भू-भागका केही स्थानमा भने मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभगको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोेरै स्थान, मधेशसहित कोशी,बागमती गण्डकी प्रदेशको तराई भू-भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि छ ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना छ ।

कान्तिपुर

Link copied successfully