बालमन्दिरको सम्पत्ति हिनामिना प्रकरणमा सीआईबीद्वारा तीन जना नियन्त्रणमा*

उनीहरुलाई थप अनुसन्धान गर्न म्याद थपका लागि आजै अदालतमा उपस्थित गराउने तयारी भइरहेको सीआईबी स्रोतले जनायो ।

असार २५, २०८३

मातृका दाहाल

Three arrested by CIB in Balmandir property embezzlement case*

काठमाडौँ — नक्सालस्थित बालमन्दिरको सम्पत्ति हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि तीन जना पक्राउ गरेका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) बुधबार राति उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ, ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन् ।

सीआईबीका अनुसार पक्राउ परेकाहरुलाई बुधबार राति दरबारमार्ग प्रहरी वृत्तमा राखिएको थियो । 

उनीहरुलाई थप अनुसन्धान गर्न म्याद थपका लागि आजै अदालतमा उपस्थित गराउने तयारी भइरहेको सीआईबी स्रोतले जनायो । 

सच्याइएको:

  • यसअघि सम्पत्ति हिनामिना हुपर्नेमा जग्गा हिनामिना भएकोले सच्याइएको छ । 

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully