देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रको सहकार्यका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग भेटघाट गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे हुने यो भेटमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रको सहकार्यका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ, एफएनसीसीआईका उद्योग समिति सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायतको उपस्थिति रहनेछ।
