सुनचाँदीको मूल्य घट्यो

सोमबारको तुलनामा सुन तोलामा १ हजार ४ सयले घटेको हो ।

असार २३, २०८३

रासस

Gold and silver prices fell

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा १ हजार ४ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार त्यति नै परिमाणको चाँदीको मूल्य ४  हजार ५५५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ५८५ कायम भएको थियो ।

रासस

Link copied successfully