चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. खत्री नियुक्त

डा. खत्री नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक हुन् । उनी प्रतिष्ठानका कार्यकारी निर्देशकको भूमिकामा समेत थिए । उनी नेपाली सेनाको प्राविधिकतर्फका उपरथीसमेत थिए ।

असार २३, २०८३

कान्तिपुर संवाददाता

Dr. Khatri appointed as Vice President of Medical Education Commission

काठमाडौँ — चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्रबहादुर खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष वालेन्द्र शाहले खत्रीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् । खत्रीलाई शिक्षामन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेले शपथ गराएका हुन् । 

डा. खत्री नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक हुन् । उनी प्रतिष्ठानका कार्यकारी निर्देशकको भूमिकामा समेत थिए । उनी नेपाली सेनाको प्राविधिकतर्फका उपरथीसमेत थिए । 

सरकारले ल्याएको अध्यादेशबाट तत्कालीन उपाध्यक्ष अञ्जनीकुमार झा पदमुक्त भएपछि पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई निमित्त उपाध्यक्षको जिम्मेवारी दिइएको थियो । 

आयोगमा ४ निर्देशक पद पनि रिक्त छ । उपाध्यक्षको सिफारिसमा अध्यक्ष एवं प्रधानमन्त्रीले निर्देशक नियुक्त गर्ने प्रावधान रहेको छ । 

कान्तिपुर

Link copied successfully