प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट

अध्यक्ष कान्डा प्रधानमन्त्री शाहलाई एक्लाएक्लै भेट्ने पहिलो विदेशी अधिकारी हुन्  ।

असार २३, २०८३

कान्तिपुर संवाददाता

ADB President Kanda meets Prime Minister Shah

What you should know

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक(एडीबी) का अध्यक्ष मासातो कान्डाले भेटवार्ता गरेका छन् । अध्यक्ष कान्डाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहलाई भेटेका हुन् । 

काठमाडौंस्थित विदेशी राजदूत र नेपाल भ्रमणमा आउने विदेशी उच्च अधिकारीहरूसँग एक्लाएक्लै भेटलाई अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले एडीबी अध्यक्ष मासातो कान्डालाई भने भेटेका हुन् । 

अध्यक्ष कान्डा प्रधानमन्त्री शाहलाई एक्लाएक्लै भेट्ने पहिलो विदेशी अधिकारी हुन् । कान्डाले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटेका थिए । उक्त भेटका अवसरमा नेपाल र एडीबीबीच २५ अर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षरसमेत भएको छ । 

ADB President Kanda meets Prime Minister Shah

कान्डाको भ्रमण टोलीमा  एडीबीको दक्षिण एसिया विभागकी महानिर्देशकसमेत रहेकी नेपाली नागरिक सोना श्रेष्ठसमेत रहेकी छन् । 

यसअघि प्रधानमन्त्रीले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री समिर पल कपुर तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भेट्न मानेका थिएनन् ।  प्रधानमन्त्री शाहले भेट नदिने भएपछि भारतीय विदेशसचिव विक्रम मिस्रीको नेपाल भ्रमण पनि स्थगित भएको थियो ।

ADB President Kanda meets Prime Minister Shah

प्रधानमन्त्री बनेपछि शाहले विदेशी कूटनीतिक प्रतिनिधिसँग व्यक्तिगत र अनौपचारिक रूपमा भेटघाट गर्ने लामो परम्परा तोड्दै गत वैशाख ८ गते काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक अन्तरक्रिया गरेका थिए ।

त्यसपछि जेठ २६ गते काठमाडौं तथा नयाँदिल्लीस्थित युरोपेली संघका २३ राजदूत तथा उपप्रमुखका साथै थाइल्यान्ड, रुस, अस्ट्रेलिया, म्यानमार, यूएई, नर्वे, फिनल्यान्ड, मलेसिया र ब्राजिलका कूटनीतिक प्रतिनिधिहरूले संयुक्त रूपमा प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

कान्तिपुर

Link copied successfully