पत्रकारिता क्षेत्रलाई कुनै पनि बहानामा त्रसित तुल्याउने सरकारको मनसाय छैन : सञ्चारमन्त्री तिमिल्सिना

‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा उनले भने- 'पत्रकारिता क्षेत्रमा गलत ढंगले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेमा सरकार जानकार छ ।'

असार २१, २०८३

न्युज एजेन्सी नेपाल

Government has no intention of intimidating the journalism sector under any pretext: Communications Minister Timilsina

काठमाडौँ — सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानुन वा अन्य कुनै पनि बहानामा त्रसित तुल्याउने सरकारको मनसाय नरहेको प्रस्ट पारेका छन् ।

नेपाल पत्रकार महासंघद्वारा ललितपुरमा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको बताए । सरकारले साइबरसँग सम्बन्धित विषयमा हस्तक्षेप गर्नै नपर्ने अवस्था सिर्जना गर्न सञ्चारमाध्यमहरुसँग उनले आग्रह पनि गरे ।

'पत्रकारिता क्षेत्रमा गलत ढंगले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्नेमा सरकार जानकार रहेको छ,' उनले भने, 'अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य छैन ।'

‘हामी पत्रकारिताको क्षेत्रलाई साइबर कानुन वा अन्य कुनै कानुनको प्रयोग गरेर त्रसित पार्न अथवा दबाब सिर्जना गर्न सरकारमा आएका होइनौं । तपाईंहरूले साइबरसँग सम्बन्धित विषयहरू केके हुन् भन्नेकुरा पनि जानकारीमा राख्नुपर्छ,' उनले भने, 'सञ्चार क्षेत्रसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाले सञ्चारमाध्यमलाई कसरी थप जिम्मेवार र व्यवस्थित बनाउने भन्ने विषयमा पनि ध्यान दिनुभयो भने सरकारलाई काम गर्न सहज हुन्छ ।'

मन्त्री तिमिल्सिनाले सरकार सञ्चार क्षेत्रलाई अझ बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन तयार रहेको बताए । साथै उनले कुनै पनि गैरकानुनी माग वा विषय लिएर सञ्चार मन्त्रालयमा नआउन पनि आग्रह गरे ।

न्युज

Link copied successfully