सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुंगानालाई नियुक्त गरेको हो ।

असार १८, २०८३

कान्तिपुर संवाददाता

Devraj Dhungana appointed as Executive Director of Security Printing Center

काठमाडौँ — सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रको कार्यकारी निर्देशकमा ढुंगानालाई नियुक्त गरेको हो । 

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भने, 'सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय भयो ।'

कान्तिपुर

Link copied successfully