सीआईबीको नेतृत्व फेरियो : एआईजी उमा चतुर्वेदीले पाए जिम्मेवारी

सीआईबीका प्रमुख एआईजी मनोज केसीको प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

असार १८, २०८३

कान्तिपुर संवाददाता

CIB leadership changes: AIG Uma Chaturvedi takes charge

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उमाप्रसाद चतुर्वेदीको सरुवा भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई सीआईबीको जिम्मेवारी दिएको हो । 

सीआईबीका प्रमुख एआईजी मनोज केसीको प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । २३ भदौको जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबीच बनेको सुशीला कार्की नेतृत्वको सरकारले केसीलाई सीआईबीको जिम्मेवारी दिएको थियो । 

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सुशीलसिंह राठौर आएका छन् । हालका उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीलाई मानवस्रोत विभागमा सरुवा गरिएको छ । 

मानवस्रोत विभागका एआईजी राजन अधिकारीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिइएको छ । प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाहको कार्य विभागमा सरुवा भएको छ । 

प्रदेश समन्वय विभागका एआर्इजी डम्बर विकको प्रशासन विभागमा सरुवा गरिएको छ । प्रदेश समन्वयमा हिमालय श्रेष्ठको सरुवा भएको छ ।

कान्तिपुर

Link copied successfully