गृहमन्त्री गुरुङसँग आन्दोलनरत सुस्तावासीको तीन बुँदे मागपत्र

सुस्तामा भारतले अतिक्रमण गरेको जमिन, सीमा सुरक्षामा गम्भीर हुन ध्यानाकर्षण गराउँदै सुस्तावासीले गृहमन्त्री गुरुङलाई सुस्ताको माटो उपहार दिएका थिए ।

असार १७, २०८३

नवीन पौडेल

Protesting Susta residents submit three-point demands to Home Minister Gurung

परासी — सीमा सुरक्षालगायतका माग राख्दै काठमाडौंमा आन्दोलित पश्चिम नवलपरासीको सुस्तावासीले गृहमन्त्री सुधन गुरुङलाई भेटेका छ्न् । सुस्तामा भारतले अतिक्रमण गरेको जमिन, सीमा सुरक्षामा गम्भीर हुन ध्यानाकर्षण गराउँदै सुस्तावासीले गृहमन्त्री गुरुङलाई सुस्ताको माटो उपहार दिएका थिए ।

सुस्ता बचाउ अभियानका कार्यवहाक अध्यक्ष आदम खाको नेतृत्वमा तीन दिनदेखि काठमाडौंमा आन्दोलित सुस्तावासीलाई गृहमन्त्रीले छलफलका लागि बोलाएपछि तीन बुँदे मागपत्र बुझाएको आन्दोलनमा सहभागी मुन्सी कुमारले बताए । सीमा सुरक्षा, जग्गाधनी लालपुर्जा र नागरिकताको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएको र उनीहरुले समस्या समाधान गर्ने आश्वासन पाएका छ्न् । 

सुस्तामा नारायणी नदीको कटान रोक्न तटबन्धको काम अन्तिम चरणमा पुगे पनि १ सय ५० मिटर तटबन्ध गर्न भारतीय पक्षले अवरोध गरेपछि काम हुन सकेको छैन । सुस्तावासीले सरकारले भारतसँग कूटनैतिक पहल गरेर भारी वर्षा हुनभन्दा अगाडि नै तटबन्ध गर्नुपर्ने माग गर्दै आएका छ्न् । सुस्तामा भारतले १४ हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully