महान्यायाधिवक्ता कँडेलले १२ वर्षदेखि नेपाल-बेलायत आउजाउ गरेको अभिलेख झिकाउन आदेश

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले पेसीका दिन उक्त प्रमाणको प्रतिलिपि देखाएर फिर्ता लैजान आदेश गरेको हो ।

असार १६, २०८३

कान्तिपुर संवाददाता

काठमाडौं — सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेलले १२ वर्षदेखि नेपाल-बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न अध्यागमन विभागका नाममा आदेश गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले पेसीका दिन उक्त प्रमाणको प्रतिलिपि देखाएर फिर्ता लैजान आदेश गरेको हो । 

यस्तै अदालतले २२ चैत २०८२ मा नेपाल सरकारले उनलाई न्यायाधिवक्तामा नियुक्त गर्न गरेको निर्णयको फाइल पनि पेसीका दिन देखाइ फिर्ता लैजान आदेश गरेको छ । महान्यायाधिवक्ताका लागि उनको  योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।

कान्तिपुर

Link copied successfully