सभामुख डोलप्रसाद अर्यालले आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत तोकेको बैठक पुनः सरेको जानकारी दिएका हुन् ।
काठमाडौँ — प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक शनिबारका लागि सरेको उल्लेख छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत तोकेको बैठक पुनः सरेको जानकारी दिएका हुन् । यसअघि असार ११ गतेका लागि बैठक पूर्वनिर्धारित भएकामा पहिलो सूचनामार्फत स्थगन भएको थियो ।
चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ ।
