प्रतिनिधिसभा बैठक सरेको सर्‍यै, संसद् सचिवालयले भन्यो- 'विशेष कारण'

शुक्रबारदेखि सर्दै आएको प्रतिनिधिसभा बैठक आइतबारका लागि सारिएको छ ।

असार १२, २०८३

कान्तिपुर संवाददाता

As soon as the House of Representatives meeting was postponed, the Parliament Secretariat said - 'Special reasons'

काठमाडौँ — प्रतिनिधिसभा बैठक फेरि सारिएको छ । शनिबार बिहान ११ बजे बस्ने गरी तय भएको बैठक स्थगित गरी आइतबारका लागि सारिएको हो ।

लगातार तेस्रोपटक स्थगित गर्दै आइतबार बिहान ११ बजेका लागि बैठक तय भएको हो । यसअघि शुक्रबार १ बजे बस्ने तय भएको थियो ।

'शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ उपनियम ३ बमोजिम सम्माननीय सभामुखले सभाको बैठक मिति २०८३ असार १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' संघीय संसद् सचिवको सूचनामा भनिएको छ । 

कान्तिपुर

Link copied successfully