व्यवसायी अजेयराज सुमार्गीको पासपोर्ट रोक्का

सुमार्गीको विषयमा सम्पत्ति शुद्धीकरण सम्बन्धमा परेको उजुरीउपर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको थियो ।

असार ११, २०८३

यज्ञ बञ्जाडे

Businessman Ajayraj Sumargi's passport suspended

काठमाडौँ — व्यवसायी अजेयराज सुमार्गीको राहदानी रोक्का भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा अध्यागन विभागले गत मंगलबार नै पासपोर्ट रोक्का गरेको स्रोतले जनाएको छ । 

सुमार्गीको विषयमा सम्पत्ति शुद्धीकरण सम्बन्धमा परेको उजुरीउपर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । तर बीचमा अनुसन्धान रोकिएको थियो । अहिले फेरिअनुसन्धान सुरु भएकाले सुमार्गीको पासपोर्ट रोक्का गरिएको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully