गाउँ जाने गरेको अशक्त बाघलाई निकुञ्जको खोरमा राखियो

बुढो र अशक्त बाघलाई निकुञ्जको खोरमा राख्ने गरिएको छ।

असार १०, २०८३

रमेशकुमार पौडेल

Disabled tiger that used to visit village kept in a cage in the park

चितवन — गाउँतिर आउने गरेको  बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ माडीबाट नियन्त्रणमा लिएपछि सौराहामा रहेको खोरमा राखेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले बताए ।

'अन्दाजी १२/१३ वर्षको बुढो र अशक्त पोथी बाघ हो ।  माडी नगरपालिका-१ लक्ष्मनिया बस्तीमा दुई/चार दिनयता गाई बाच्छालाई आक्रमण गर्ने गरेको बाघलाई नियन्त्रणमा लिएका हौँ,' सूचना अधिकारी अविनास थापा मगरले भने ।

चितवन राष्ट्रिय निकुञ्ज नेपालमा बाघको मुख्य बासस्थल हो । स्वस्थ भए जंगलमै छाडे पनि बुढो र अशक्त बाघलाई खोरमा राख्ने गरिन्छ । 

निकुञ्ज मुख्यालय कसराको खोरमा यस्ता दुईवटा बाघ छन् । सौराहाको खोरमा पनि यसअघि नै एउटा बाघ थियो । मंगलबारदेखि दुईवटा भएको सूचना अधिकारी थापा मगरले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully