चितवनमा ७ असारदेखि सुरु भएको रास्वपाको महाधिवेशन ९ असारसम्म जारी रहँदा सिंहदबार सुनसान देखिएको हो ।
What you should know
काठमाडौं — चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिदा त्यसको असर सिंहदबारमा देखिएको छ।
७ असारदेखि सुरु भएको रास्वपाको महाधिवेशन ९ असारसम्म जारी रहँदा सिंहदबार सुनसान देखिएको हो । वालेन्द्र शाह नेतृत्वको सरकारमा सिंहदबारमा अहिले एक जना मात्र मन्त्री भेटिन्छन् । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन । उनी नियमित रुपमा मन्त्रालयको काममा खटिएका छन् भने अन्य मन्त्रीहरू चितवनमा रास्वपाको महाधिवेशनमा व्यस्त छन् ।
अधिकांश मन्त्रीहरू पदाधिकारीको आंकाक्षी भएका कारण पनि उनीहरू सिंहदबार फर्कन सकेका छैनन । ९ असारमा समापन हुने भनिएको पहिलो महाधिवेशनमा प्रतिनिधिहरूको नामावली फाइनल नहुँदा सोमबार निर्धारित समयमा निर्वाचन कार्यक्रम र बन्दसत्र सुरू हुन सकेन । दिनभरि नै महाधिवेशन प्रतिनिधिहरू आफ्नो नाम छुटेको भन्दै सच्याउन माग गरेपछि ढिलाइ भएको हो । प्रधानमन्त्री कार्यालयसहित १७ मन्त्रालयमा मन्त्रीहरू जिम्मेबारीमा छन् । प्रधानमन्त्री वालेन्द्र शाहले नै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । महाधिवशेनमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्टमन्त्री शिशिर खनाल, उर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन सोविता गौतम, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र शिक्षामन्त्री सस्मित पोखरेलले पदाधिकारीमा आंकाक्षा देखाएका छन् ।
पार्टीको पहिलो महाविधेशन भएकाले चितवनमा मन्त्रीहरू पनि व्यस्त भएका हुन् । प्रधानमन्त्रीसहित मन्त्रीहरू नभएपछि मन्त्रालयको नियमित काम चलिरहेको प्रधानमन्त्री कार्यालयका एक सचिवले बताए । प्रधानमन्त्री कार्यालयसहित सबै मन्त्रालयहरूमा काम चलिरहेको र नियमित कामका लागि मन्त्री आवश्यक नहुने ती सचिवले बताए । त्यस्तै अन्य ३ सचिवसँगको कुराकानीमा उनीहरूले पनि यस्तै उत्तर दिए । उनीहरूले रास्वपा पहिलो दल र पहिलो महाधिवेशन भएकाले उत्साहपूर्वक सहभागी भइरहँदा सिंहदरबार सुनसान हुनु स्वभाविक भएको उनीहरूले बताए । 
‘मन्त्रालयको नियमित काम रोकिएको छैन । अन्य काम मन्त्रीहरू फर्केपछि पनि हुन्छ ’ एक सचिवले भने, ‘4 दिनमा गर्नैपर्ने त्यस्तो कुनै घटना वा परिस्थित सिर्जना नभएकाले पनि काम चलिरहेको छ। ’ तर पुन भने रास्वपावाट नभई स्वतन्त्र रुपमा निर्वाचित भएकाले चितवन नपुगी काठमाडौं मै बसेका हुन् । महाधिवेशन लम्बिएका कारण वुधबार साबिकको निर्वाचन कार्यतालिकाअनुसार सोमबार १ बजेदेखि पहिलो चरणको निर्वाचन (पार्टी सभापति र केन्द्रीय सदस्य)का लागि उम्मेदवारी मनोनयन गर्न निर्वाचन आयोगको सम्पर्क कार्यालयबाट फारम वितरण गर्ने कार्यक्रम थियो ।
त्यस्तै, दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने र साँझ ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गर्ने भनिएको थियो । मन्त्रीहरु सिंहदबारमा नभएपछि सेवाग्राहीहरू पनि चाप कम भएको देखिन्छ ।
