सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो ।
काठमाडौँ — एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई मंगलबार विशेष अदालतमा उपस्थित गराएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सुर्खेत प्रहरीले पौडेललाई पक्राउ गरेर माइक्रोबसमा राखेर मंगलबार काठमाडौं ल्याएको हो ।
पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवं संगठन पुनर्गठन कार्यक्रममा लागि आइतबार सुर्खेत पुगेका थिए । सोही समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो ।
