प्रधानमन्त्री शाहले गरे सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण

शाह सपरिवार तालिम केन्द्र पुगेका थिए ।

असार ८, २०८३

रासस

Prime Minister Shah inspects the Elephant Breeding and Training Center in Sauraha

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गरेका छन् । 

प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुगेका थिए । खोरसोरस्थित तालिम केन्द्रमा अहिले ९ वटा माउ र ७ वटा छावा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा छन् ।

रासस

Link copied successfully