रास्वपा वरिष्ठ नेता शाहले आफूहरुको गाडी लोकल सडकमा नहिँडेको भन्दै भने, 'एक्सप्रेस वेमा हिँडेको छ, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ, हाम्रो गाडी अनियन्त्रित पनि छैन ।'
चितवन — प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जाल हेर्दा कुनै चिज अनियन्त्रित जस्तो देखिए पनि सबै चिज नियन्त्रणमै रहेको बताएका छन् ।
एमाले नेता प्रदीप ज्ञवालीले एक्सिलेटर र ब्रेकबीच उचित सन्तुलन भएन भने दुर्घटना हुने भन्दै निर्णय प्रक्रियामा संयम अपनाउन रास्वपाको नेतृत्वलाई सुझाव दिएका थिए । तर, रास्वपा वरिष्ठ नेता शाहले आफूहरुको गाडी लोकल सडकमा नहिँडेको भन्दै भने, 'एक्सप्रेस वेमा हिँडेको छ, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ, हाम्रो गाडी अनियन्त्रित पनि छैन ।'
एमाले नेता ज्ञवालीले रास्वपाको विचार स्पष्ट नभएको सन्दर्भसमेत उल्लेख गरेका थिए । जवाफमा शाहले भने, 'हाम्रो पार्टी विकासवादी पार्टी हो । पुरानो कुरामा निहुँ खोज्ने पार्टी होइन । निहुँ खोज्नु परे विगतमा सरकारी सम्पत्ति दोहन भएको छ भने निहुँ खोज्न जरुरी हुन्छ । त्यसका लागि अख्तियारलाई ५ घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह गर्नुपर्छ भने हामी पाँच वर्ष अख्तियारलाई राखेर सररसल्लाह गर्छौं ।'
