चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले यातायात व्यवस्थापनका लागि १६५ जना ट्राफिक प्रहरी खटिने जानकाारी दिए ।
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन भरतपुरमा हुने पहिलो राष्ट्रिय महाधिवेशनको सुरक्षाका लागि १५ सय सुरक्षाकर्मी परिचालन हुनेछन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले यातायात व्यवस्थापनका लागि १६५ जना ट्राफिक प्रहरी खटिने जानकाारी दिए । आइतबारबाट रास्वपाको पहिलो महाधिवेशन सुरू हुँदैछ ।
महाधिवेशन प्रतिनिधिका गाडीहरू राख्न २ ठाउँमा पार्किङ स्थल तय गरेको एसपी पौडेलले बताए । पूर्वबाट आउने प्रतिनिधिका गाडी भरतपुर केन्द्रीय बसपार्क आडको खाली ठाउँमा पार्किङ हुनेछन् । पश्चिम तथा काठमाडौं र पोखराबाट आउने प्रतिनिधिका गाडीहरू बाइपास सडकको विशालचोकमा रहेको विरेन्द्र क्याम्पसको डिग्री कलेज आडको खाली चौरमा रहनेछन् ।
