अर्काको राहदानीमा परिक्षा दिइरहेका बेला उनीहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको हो ।
काठमाडौँ — इजरायलको दीर्घकालीन स्याहारसुसार केन्द्रका लागि पठाइने सहायक श्रमिक (केयरगिभर) छनोट गर्न लिईएको अंग्रेजी भाषा परीक्षामा सहभागी दुई जना नक्कली प्ररिक्षार्थीलाई बिहीबार प्रकाउ गरिएको छ । अर्काको राहदानीमा परिक्षा दिइरहेका बेला उनीहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको हो ।
इजरायल सरकारबाट भाषा परीक्षाको जिम्मेवारी पाएको सीआईआईएन ईन्टरनेसनल क्वालिफिकेसनले परीक्षा लिईरहेको छ । परिक्षा अन्तिम दिन शुक्रबार हो ।
जेठ २५ गतेको परीक्षाबाट सुरू परीक्षामा सहभागी हुन झन्डै १५ हजारले आवेदन दिएका छन् । जसमध्ये १३ हजारले परिक्षा दिइसकेका छन् । इजरायलले तोकेको मापदण्ड पूरा गर्न नसक्दा अधिकांश पास भएका छैनन् ।
वैदेशिक रोजगार विभागका अनुसार अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी वान’ अनिवार्य ल्याउनुपर्नेछ । यसभन्दा अगाडि गएका केयरगिभरहरूले आंग्रेजी बोल्दा कमजोरर भएको भन्दै ‘वि वान’ तह पार गर्नुपर्ने व्यवस्था गरेको विभागले जनाएको छ ।
इजरायलको मापदण्डअनुसार सबैभन्दा बढी प्राथमिकता अंग्रेजी भाषा ‘स्पिकिङ’लाई दिइएको छ । कम्तीमा स्पिकिङमा ‘बी वान’ ल्याउनुपर्नेछ । ‘राइटिङ’ मा ‘ए वान, ‘लिसनिङ’ र ‘रिडिङ’ मा भने ‘ए टु’ ल्याउनुपर्नेछ ।
अंग्रेजी भाषामा तोकिएको तह उत्तीर्ण भएपछि मात्रै विभागमा आवेदन दिन पाइन्छ । विभागले आवेदनको लागि असार ७ गतेसम्म आन्तिम समय दिएको छ । भाषा परीक्षामा सहभागी हुन इजरायलले ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
