सम्पत्ति छानबिन आयोगलाई विवरण नबुझाउने सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाको घोषणा

सम्पत्ति छानबिन आयोगको सट्टा आमसञ्चार माध्यममार्फत् त्यस्तो विवरण सार्वजनिक गर्न उचित देखेको भन्दै उनले आयोगलाई अस्वीकार गरेका हुन् ।

असार ३, २०८३

कान्तिपुर संवाददाता

Former Supreme Court Justice Ishwar Khatiwada announces that he will not submit details to the Assets Investigation Commission

काठमाडौं — सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण पेस नगर्ने घोषणा गरेका  छन् ।

आयोगको सट्टा आमसञ्चार माध्यममार्फत् त्यस्तो विवरण सार्वजनिक गर्न उचित देखेको भन्दै उनले आयोगलाई अस्वीकार गरेका हुन् । केही समय अघि पूर्वन्यायाधीश फोरमले पनि अवकाशप्राप्त न्यायाधीशहरुलाई सम्पति विवरण नबुझाउन भनेको थियो । 

पूर्वन्यायाधीश खतिवडाले आम जनताका लागि आफ्नो वैयक्तिक तथा सम्पत्ति विवरण सार्वजनिक गर्ने भन्दै आफ्नो अभिलेखमा उनले केही संवैधानिक, केही कानुनी, केही विधिशास्त्रीय र केही व्यावहारिक कुराहरू सन्दर्भअनुसार समेटेको उल्लेख गरेका छन् ।

'नेपाल सरकारबाट गठित सम्पत्ति छानबिन आयोग, २०८३ समक्ष आफ्नो सम्पत्ति विवरण पेस गर्ने वा बुझाउने कुरालाई मैले उचित, आवश्यक र कानुनसंगत् ठानेको छैन,' उनले लेखेका छन्, 'आयोगमा सम्पत्ति विवरण पेस नगर्नेहरूका हकमा सार्वजनिक चर्चामा आएका केही टिप्पणी र केही खास कोणबाट उठाइएका अनावश्यक र भ्रामक प्रश्नहरूका सम्बन्धमा भने मेरो ध्यानाकर्षण भएको छ । यसरी उठाइएका प्रश्न वा जिज्ञासा सम्बन्धमा आफ्नो दृष्टिकोण प्रस्ट पार्दै कसैमा कुनै प्रकारको भ्रम वा संशय नरहोस् भन्ने हेतुले अहिले म आफ्नो वैयक्तिक तथा सम्पत्ति विवरण सार्वजनिक गर्दैछु ।' उनले सम्पत्ति विवरण पेस नगर्नेबारे १७ बुँदामा व्याख्या गरेर टिप्पणी पनि गरेका छन् ।

पूर्वन्यायाधीशले सार्वजनिक गरेकाे सम्पत्ति विवरण 

कान्तिपुर

Link copied successfully