विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।
काठमाडौं — विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
बुधबार अदालतले थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो । अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।
