स्वास्थ्य सेवा विभागकी पूर्वमहानिर्देशक संगीता मिश्रालाई भ्रष्टाचार मुद्दामा सफाइ

अख्तियारले मेसिन खरिदमा ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी काम गरेको दाबी गरेको थियो । विशेष अदालतले श्रवणकुमार थापा, सुरेन्द्रप्रसाद चौरासिया, आशिष चौहान,पद्या मिश्र, सञ्जयकुमार साह र सुन्दर भुसाललाई भने दोषी ठहर गरेको छ ।

असार २, २०८३

दुर्गा दुलाल

Former Director General of the Department of Health Services Sangeeta Mishra acquitted in corruption case

What you should know

काठमाडौँ — विशेष अदालतले स्वास्थ्य सेवा विभागकी पूर्वमहानिर्देशक संगीता कौशल मिश्रालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मिश्रलाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रासहित १४ जनाविरुद्ध २ कात्तिक २०८२ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

पूर्वमहानिर्देशक मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, शम्भुप्रसाद ढकाल, सीता भन्ने सीता घिमिरे र तिलकराम ढकालले पनि सफाइ पाएका छन् ।

मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले पनि सफाइ पाएका छन् ।आयोगले मेमोग्राफी मेसिन खरिद प्रक्रियामा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी कार्य सम्पन्न गरिएको दाबी गरेको थियो । ठेक्का सम्झौताको सर्तअनुसार सम्पूर्ण सामग्री नआईकनै झुटो तथा नक्कली बिलबिजक तयार गरी १३ करोड ३७ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिएको आयोगको दाबी थियो । 

ठेक्काको लागत अनुमान १२ करोड ७५ लाख रुपैयाँ स्वीकृत गरिएकामा आपूर्तिकर्ता कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिले १२ करोड ५५ लाख रुपैयाँ प्रस्ताव राखेको थियो । ठेक्का प्रक्रिया सुरु हुनुअघि नै आपूर्तिकर्ता कम्पनीसँग गोप्य विवरण साझा गरिएको र सम्पूर्ण खरिद प्रक्रिया मिलेमतोमै भएको प्रमाणित भएको छ ।

उत्पादन कम्पनी जनरल मेडिकल मिरेटटि इटलीबाट पठाइएको सामानको वास्तविक मूल्य करिब ६ करोड ८५ लाख रुपैयाँ मात्र रहे पनि विभागले झन्डै १४ करोड १८ लाख मूल्यमा भुक्तानी गरेको अख्तियारको दावी थियो । 

विशेष अदालतले श्रवणकुमार थापा, सुरेन्द्रप्रसाद चौरासिया, आशिष चौहान,पद्या मिश्र र सञ्जयकुमार साहलाई भने भ्रष्टाचारमा दोषी ठहर गरेको छ । उनीहरुलाई जनही ५ लाख ४७ हजार ८ सय बिगो, २० हजार जरिवाना र ४ महिना कैदको फैसला सुनाएको हो । सप्लायर्स सुन्दर भुसाललाई मतियारको रुपमा दोषी ठहर गर्दै ५ लाख ४७ हजार बिगो र २० हजार जरिवाना हुने ठहर गरेको छ।

Former Director General of the Department of Health Services Sangeeta Mishra acquitted in corruption caseFormer Director General of the Department of Health Services Sangeeta Mishra acquitted in corruption case

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully